2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

हत्या आरोपमा एक महिलासहित चारजना पक्राउ

भदौ ९, बैतडी | दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्ना रहेका छन् । “पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि पक्रेका छौँं ”जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले भन्नुभयो,“अनुसन्धानपछि पुष्टि भए कानून बमोजिम कारवाही हुन्छ” 

मार्मा गाउँपालिका– वडा नं १ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी ठगुन्नाको भदौ ४ गते रातिको समयमा घरमै हत्या भएको थियो । हत्या गरिएका ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको बताइएको छ । 

ठगुन्ना एक्लै घरमा सुतिरहेका बेला हत्या भएको हो । ठगुन्नाका श्रीमती छोरा तराईतिर बस्ने र ठगुन्ना एक्लै घरमा बस्ने गरेका थिए । तराई पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दार्चुला सदरमुकामबाट घटनास्थल एक दिनको पैदल दुरीमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ