2026-10-14 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

समाजसेवा रत्न पदकबाट सम्मानीत भए नगर प्रमुख बोहरा

टेकबहादुर थापा | भदौ ११, अछाम । मंगलसेन नगरपालीकाका नगर प्रमुख पदम बहादुर बोहराले समाजसेवा रत्न पदक प्राप्त गर्नु भएको छ । ४ बर्ष अघि २०७१ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सम्माननीय राष्टिपति रामबरण यादब बाट घोषणा भएको समाजसेवा रत्न पदक आईतबार गृहमन्त्रालयको बिभुषण शाखा बाट एक कार्यक्रमका बिच नगर प्रमुख बोहरालाई हस्तान्तरण गरिएको हो । 

नगर प्रमुख बोहराले तक्मा र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । लामो समय सम्म समाजसेवामा खटी गाउ समाजका लागी उदारणीय काम गरेको भन्दै सरकारले समाजसेवी बोहरालाई समाजसेवा रत्नपदक प्रदान गर्ने घोषण गरेको थियो । त्यही समयमै दिनुपर्ने तक्मा र प्रमाण पत्र देशमा आएको बिनाशकारी भुकम्पको कारणले रोकीएको थियो । ४ बर्ष अघि घोषणा गरिएको सम्मान आफुले आईतबार पाएको नगर प्रमुख बोहराले बताउनुभयो । साविकको मंगलसेन गाविसका वडा न ९ नवबिसमा २०१६ सालमा जन्मनु भएका बोहरा २०३४ साल देखी हाल सम्म समाजसेवामा तल्लीन हुनुहुन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मंगलसेन नगरपालीकाको नगर प्रमुखमा निर्वा्र्चित हुनु भएका नगर प्रमुख बोहरा २०४१ साल देखी विभीन्न सामुदायीक बन तथा बिद्यालयको संस्थापक अध्यक्ष भई उदारणीय काम गरिसक्नु भएको छ । राधा मावि बोगटी गाउको प्रावि, निमावि हुदै मावि, शोडषा उच्च मावि मंगलसेनको मावि, निमावि र उच्च मावि सम्मको सफल अध्यक्षको भुमीका निर्बाहा गरिसक्नु भएको छ भने हाल अछाम बहुमुखी क्याम्पसको संञ्चालन समितीको अध्यक्ष समेत हुनुहुन्छ । 

समाजसेवी बोहरा क्याम्पसको अध्यक्ष भईसकेपछि क्याम्पसको स्तर उन्नतीका लागी बृहत महायज्ञ संञ्चालन गरि क्याम्सको स्तर उन्नतीका लागी अहीले गतिविधी अगाडी बढीरहेका छन । साविकको मंगलसेन गाविसमा रहेको थाप्ले सामुदायीक बन, मानबस्ता सामुदायीक बन, रोला सामुदायीक बन लगायतका दर्जन बढी बनको संस्थापक अध्यक्ष भई बन विकासका लागी काम गर्नु भएका बोहरा पुस्पलाल बाटीकाका संस्थापक समेत हुनहुहुन्छ । निस्वार्थ रुपमा बिगत लामो समय देखी समाज सेवामा खटीरहनु भएका बोहराले गरेका हरेक कामहरु प्रशंसा गर्न योग्य छन । 

मंगलसेन नगरपालीकामा नगर प्रमुख भएको एक बर्षमा बोहराले नगरपालीकाका ७ सय भन्दा बढी युवालाई विकास निर्माण कार्यदल मार्फत रोजगारि दिने निर्णय गरेपछि नगर प्रमुख बोहरा अहीले चर्चामा हुनहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश