Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाटन नगरपालिकाको नगरसभा हुन सकेन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १४, बैतडी | योजना विवादका कारण असारसम्म गरिसक्नुपर्ने बैतडीको पाटन नगरपालिकाका नगरसभा हालसम्म हुन सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा असारभित्र स्थानीय तहहरुले नगरसभा तथा गाउँसभा गरिसक्नुपर्ने व्यवस्था भएको भए पनि पाटन नगरपालिकाले अहिलेसम्म नगरसभा सम्पन्न गर्न सकेको छैन । गत असारमै नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाले नगरसभा भने अहिलेसम्म सम्पन्न गर्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले पारित गर्ने बजेटका विषयमा जनप्रतिनिधिबीच कुरा नमिलेपछि नगरसभा बस्न नसकेको हो ।

नगरसभाले बजेट पारित गर्नुपर्ने भए पनि अझै पनि नगरसभा सम्पन्न नभएकाले चालू आवमा कुनै काम अघि बढाउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकामा रु सात करोड बजेट आएको तर सबै वडाको वडास्तरीय भेलाबाट रु १३ करोडसम्म हुने गरी योजना छनोट भएर आएकाले समस्या भएको पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो । वडाबाट आएका योजना र बजेट कुन कुन क्षेत्रमा कसरी छुट्याउने भन्ने कुरा मिलेको छैन उहाँले भन्नुभयो, “बजेट कसरी छुट्याउने भनेर कार्यविधि बनाउने तयारी गरेका छौँ ।” भदौ अन्तिम सातासम्म विवाद अन्त्य भई नगरसभा भइसक्नेसमेत नगरप्रमुख चन्दले बताउनुभयो । रासस