2026-09-14 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा असारे विकासले यसरी निम्त्यायो जोखिम

विनोद सिंह विष्ट | भदौ २०, बैतडी | लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा मापदण्ड विपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका छन् ।

बजेट सिध्याउने नाममा असारमा आएर विकास निर्माणमा काम हतार हतार गर्ने प्रवृत्तिले जोखिम बढाएको छ । जिल्लाका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन चलाएका डोजरको बितण्डा पहिलो वर्षात्मै देखिन थालेको छ । धेरै ठाउँमा वर्षात्मै खनिएका सडक भत्केर भताभुंग भएका छन् भने सडक मुनितिरका वस्ती पहिरो र बाढीको जोखिममा परेका छन् ।

मुख्य राजमार्गको ख्यालै नगरी निर्माण गरिएका शाखा सडक तथा राजमार्ग माथि र मुनितिर खनिएका सडकले समेत वस्तीलाई जोखिममा पारिदिएका छन् । दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारदेखि चडेपानी जान खनिएका सडकका कारण खिरेगाउँको वस्ती जोखिममा परेको छ ।

प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै डोजर, एस्काभेटरजस्ता गरुङ्गो उपकरण प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपत्को जोखिम बढाएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो । सडकले थुपारेको माटो बर्खाको पानीले गलेर बग्ने, सडकमा जम्ने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका वस्तीमा पहिरो खस्ने, जमीन भासिने, भू–क्षय हुने र नदीमा बाढीको आयतन बढेर कटान गर्ने क्रम बढेको छ । उहाँले भन्नुभयो – “भू–संवेदनशीलतालाई ध्यान नदिएर डोजर चालकले आफूखुशी खनेका सडक विपत्को प्रमुख कारण बनेको छ ।”

यसका साथै उपभोक्ता समितिले सडकको नयाँ ट्र्याक बनाउँदा पर्खाल लगाउने, वृक्षरोपण गर्ने, भल व्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापन गर्ने काममा खासै ध्यान नदिँदा पहिरोको समस्या बढेको हो ।

अविरल वर्षाले डिलासैनी गाउँपालिका–३ मा खहरेखोलामा बाढी आयो । खोलामा आएको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको दुई सय रोपनी जमीन बगरमा परिणत भयो । यो वर्ष कलदे खोला सिमार र तल्लो छेपट्टा गाउँमा पस्दा २२ घर जोखिममा परेका छन् । “एक्कासि आएको बाढीले खेतीयोग्य जमिन बगाइदियो, त्यो बेला त ज्यान जोगाउनै मुश्किल प¥यो,” रानाले भन्नुभयो – “आकाशमा कालो बादल मडारिँदा अहिले पनि डर लाग्छ । फेरि खोलामा आउने बाढीले घर नै बगाउने हो कि भन्ने चिन्ता लाग्छ ।”

एक्कासि खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पूरै नष्ट गरिदिएको स्थानीयवासी अर्जुन रानाले दुःखेसो पोख्नुभयो । कलदे खोलामा आएको बाढीे सडकको ह्युम पाइप थुनिएर गाउँ पसेको हो । खेतमा लगाइएको धानबाली पूरै नष्ट भएपछि झनै समस्यामा परेको बताउँदै उहाँले भन्नुभयो – “खहरे खोलामा आएको बाढीले एकातिर समस्या निम्त्याएको छ भने खेतको छेउतिर चमेलिया नदीले कटान गर्दै गएको छ ।”

डिलाशैनीका स्थानीय बासिन्दालाई बाढीले ठूलै समस्यामा पारेको छ । बाढीले खेतीयोग्य जमीन पूरै पुरिदिएपछि समस्या भएको स्थानीयवासी रमेश धामीको भनाइ छ । डिलाशैनी गाउँपालिका वडा नं ६ स्थित हरिनगर बजार बाढी र पहिरोको जोखिममा छ । तलतिर चमेलिया नदीको कटान र माथिबाट पहिरो खस्ने भएकाले बजार नै जोखिममा रहेको वडा नं ६ का वडा सदस्य चन्द्रीनाथ योगीले बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा खनिएका कच्ची सडकले बाढी र पहिरोको जोखिम बढाएको स्थानीय बासिन्दाको गुनासो छ । अध्ययन बिनै स्थानीय तहले धमाधम कच्ची सडक खनेपछि अहिले ती सडकले खेतबारी बगाउन थालेका छन् । दशरथचन्द नगरपालिकाको छेला–दुर्गाभवानी सडकका कारण सडक तलतिरका वस्तीहरु जोखिममा परेका छन् ।

वर्षाले सडकको पूरै माटो खेतमा पसेर खेतबारी नष्ट गर्नाका साथै सडक माथिबाट आएको खहरेले घर छेउमै पहिरो जाँदा समस्या भएको सुर्नया–६ का दुर्गादत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो – “खेतबारी र घरै जोखिममा परेपछि अर्को घरमा सरेका छौं ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ