पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ २३, सिरहा |</b> सिरहामा आफ्नै बुबाले छोरा र वुहारीमाथि खुकुरी प्रहार गरेका छन् । जग्गाको विषयमा भएको विवादमा गालबजार ३ तेतलरीका लक्षण विश्वकर्माले आफ्ना ३० वर्षीय छोरा संजिव विश्वकर्मा र २४ वर्षीय बुहारी सन्तोषीमाथि खुकुरी प्रहार गरेको गरेको प्रहरीले जनाएको छ । <br></p><p>खुकुरी प्रहारबाट संजिवको गर्दनमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ भने सन्तोषीको पनि टाउकोमा गहिरो चोट लागेको बताइएको छ । </p><p>संजिवको बुवालाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिइएको प्रहरी इन्सपेक्टर रामबहादुर ढकालले जानकारी दिए । </p>

