2026-09-14 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुरक्षा व्यवस्था हुन नसक्दा बैतडीका स्थानीय तहमा बैंक स्थापना भएन

विनोदसिंह विष्ट | भदौ २८, बैतडी । सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् ।

जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआइ बैंकको स्थापना हुने भनिए पनि सुरक्षाका कारण हुन नसकेको उक्त गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो ।

गाउँपालिकामा सुरक्षा आवश्यक परेमा मेलौलीबाट ल्याउनुपरेको छ, उहाँले भन्नुभयो, “बैंकले सुरक्षा व्यवस्था भएको दिनदेखि नै शाखा आउने भनेको छ” अबको एक महिनाभित्रै शाखा स्थापना गर्ने गरी सुरक्षा व्यवस्थाको प्रबन्ध भइरहेको छ ।

प्रहरी चौकी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले शिवनाथमा प्रहरी चौकी स्थापना गर्ने विषय जिल्ला सुरक्षा समितिबाट पारित भइसकेको बताउनुभयो ।

उक्त गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी भए पनि त्यहाँबाट गाउँपालिकाको केन्द्र सुल्लेखान पुग्न चार घण्टा लाग्छ । सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न आवश्यक छ, उहाँले भन्नुभयो, “प्रहरी चौकी स्थापनाका लागी माथिको आदेश चाहिन्छ , यसका लागि हामीले सिफारिस गरेर ७ नं प्रदेश प्रहरी कार्यालयमा पठाएका छौँ ।” उक्त गाउँपालिकामा १५ दिनभित्रै प्रहरी चौकीको स्थापना हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै जिल्लाको दुर्गम सिगासमा पनि बैंकका शाखा स्थापना हुनसकेको छैनन् । विद्युत्, सडक, इन्टरनेट नहुँदा बैंक स्थापना हुन नसकेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।

गत महिना कृषि विकास बैंक स्थापनाका लागि तयारी भए पनि विभिन्न समस्याका कारण स्थापना हुन नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो, “विद्युत्, इन्टरनेटको प्रबन्ध भइरहेकाले अबका केही दिनमै बैंकले पनि सेवा दिन्छ ।”

सदरमुकाम धाउनुपर्ने बाध्यता 

सरकारले विसं २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भने पनि ती दुई गाउँपालिकामा अझैसम्म बैङ्कका शाखा स्थापना नभएकाले त्यहाँका क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । बैंक नहुँदा आफूहरूले सास्तीे भोग्दै आएको शिवनाथका वीरेन्द्र महताले बताउनुभयो । गाउँमा बैंक नहुँदा समस्या भएको छ उहाँले भन्नुभयो, “सानो बैंकिंङ कारोबारलाई पनि सदरमुकाम पुग्नुपर्छ ।”

उक्त गाउँपालिकाका उपाध्यष चन्दले े भन्नुभयो, “बैंक स्थापनाका लागि कुरा अगाडि बढिसकेको छ” गत वर्ष पनि बैंक नहुँदा सम्पन्न भएका विभिन्न योजनाका भुक्तानीमा ढिलाइ भएको थियो ।

यस्तै समस्या सिगास गाउँपालिकामा पनि भएको स्थानीयवासी पद्म साउदले बताउनुभयो । बैंकिङ कारोबारकै लागि रु एक हजारभन्दा बढी खर्च गरेर डडेल्धुरा तथा सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । गत महिनामै कृषि विकास बैंक स्थापनाका लागि तयारी भए पनि विभिन्न समस्याका कारणले स्थापना हुन नसकेको गाउँपािलका उपाध्यक्ष द्रोपति चन्दले बताउनुभयो ।

आठ स्थानीय तहमा बैंक 

जिल्लाका १० स्थानीय तहमध्ये आठमा यसअघि विभिन्न बैंकका शाखा स्थापना भइसकेका छन् । सिगास र शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना भइसकेका हुन् ।

पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमइ बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक, पञ्चेश्वरमा नोबेल बैंक र मेलौलीमा एनसीसी बैंकका शाखा स्थापना भइसकेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंकलगायत शाखा छन् भने पाटन नगरपालिकामा कृषि विकास बैंकलगायत अन्य शाखा छन् । –रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ