2026-08-29 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेनलाई पुर्ण सरसफाई युक्त राख्नका लागि सरोकारवालासँग छलफल

कमल रावल | भदौ २८, अछाम | मंगलसेन बजारलाई पुर्ण सरसफाई युक्त राख्नका लागि सरोकारवालासँग छलफल गरिएको छ । भदौ २४ गते देखि ३० गतेसम्म चलिरहेको सरसफाई सप्ताह अन्र्तगत बजारलाई पुर्ण रुपमा सरसफाई राख्नका लागि छलफल गरिएको हो । 

मंगलसेन नगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा सहभागि जनप्रतिनीधी, सरकारी कार्यालयका प्रमुख र ब्यापारिले सबै ब्यक्तिलाई कानुन बनाएर मात्र नभई ब्याबहारमा सबैले लागु गर्नुपर्नेमा जोड् दिएका थिए । अछामको सदरमुकाम जस्तो मंगलसेन बजार सुन्दर र सफा राख्नका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड् दिएका थिए । मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले छलफलको अध्यक्षता गर्दै जनप्रतीनीधी एक्लै केही नसक्ने भएकाले सबैले साथ दिनु पर्ने बताउनु भयो । 

बजार सरसफाई, मदिरा ब्याबस्थापन, बजार ब्याबस्थापन लगाएतका थुप्रै निर्णय गरिएता पनी कार्यान्वयनमा चुनौताी आएको बताउनु भयो । छलफलमा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारि कृष्ण प्रसाद आचार्यले बजार सरसफाई कार्य स्वयंम एक ब्यक्तिको नभई सबैको भएकाले सरसफाईमा एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । साथै गरिएका निर्णय कार्यान्वयन गर्नमा स्वंयम आफै दोषि भएकाले कार्यान्वयनमा जोड् दिनु पर्ने बताउनु भयो । मंगलसेन बजारको अब्यबस्थित पार्कीगलाई ब्याबस्थित गर्न पट्क पट्क नगरको निर्णय सहीत ताकेता गरेपनी कार्यान्वयन हुन नसकेकाले अब सोच्नु पर्ने बेला आएको बताउनु भयो । 

सो छलफलमा मंगलसेन नगरपालिका उपप्रमख सरिता उपाध्याय, प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाही, भवानी बक्सगण अछामका कमान्डर लोकजँग कार्की, मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, जिल्ला वन अधिकृत नारायण देब भट्राई, वडा नम्बर ३ का अध्यक्ष पदम सिह भाट, ५ का अध्यक्ष हरि प्रसाद ढुगाना लगाएत सबै ब्यापारि, संञ्चारकर्मिको सहभागिता रहेको नगरपालिकाका खरिदार नरेश बहादुर कठायतले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ