2026-10-14 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रामारोशनमा गाउपालिका स्तरिय तिज बिशेष प्रतियोगिता सम्पन्न

कमल रावल | भदौ २९, अछाम | रामारोशन गाउपालिकाको मुजाबगरमा गाउपालिका स्तरिय तिज बिशेष प्रतियोगिता सम्पन्न भएको छ । गाउपालिका उपाध्यक्ष सरस्वती रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष झँकर बहादुर साउद रहनु भएको थियो । 

प्रतियोगितामा प्रथम महिला जागरण आमा समुह भाट्काटिया, द्धितिय बजार ब्याबस्थापन समिती मुजाबगर, तृतिय बाटुलासैन महिला, समुह, शान्तवना महिला समुह शान्तडा भएका छन । पुरुस्कार बिजेता र सहभागी सबै टिमलाई प्रमाणपत्र सहीत पुरुस्कार वितरण गरिएको छ । प्रतियोगितामा गाउपालिकाका ९ वटा टिमले सहभागिता जनाएका थिए । 

कार्यक्रमका बोल्दै गाउपालिका अध्यक्ष भाष्करले महिलाको क्षमता र कला देखेर खुशि ब्यक्त गर्दै महिलाको सहभागितामा जोड् दिने बताउनु भयो । सामाजिक कुप्रथा अन्त्य गर्नका लागि जोड् दिएका सास्कृतिक प्रस्तुतीले आगामि दिनमा कुप्रथा अन्त्यमा जोड दिने बताउनु भयो । कार्यक्रममा नेकपामा नेता चक्र रावल, नेपाली काग्रेसका विरेन्द्र शाह, कार्यपालिका सदस्य अमर लुहार, हरि परियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत बालाराम रेग्मी लगाएतका अतिथीले शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा नम्बर १ सदस्य रुपा रावलको स्वागत मन्तव्यकाट सुरु भएको कार्यक्रमको संञ्चालन अनुराधा स्वार रावलले गर्नु त्यहाबाट चन्द्र भण्डारी जानकारी दिनु भयो । 

यस्तै तिज बिशेष कार्यक्रम साफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा सम्पन्न भएको छ । वडा स्तरिय महिला संञ्जालका अध्यक्ष चम्फा देबि साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष सागर सिँह बाब्ली र बिशिष्ट अतिथी कार्यपालिका सदस्य साबित्रि कुवर रहनु भएको थियो । कार्यक्रममा बाब्ला सामुदायिक समुहका दयानाथ जोशि, राष्टिय माविका अध्यक्ष नयनसिंह नेपाली, प्रअ टँक रावल, अनेमसंघका खेमा कुवर, सेतो गुरासका सहजकर्ता बिर्मा रेग्मीले शुभकामना मन्तव्य राख्नु भएको थियो । तिज बिशेषमा साबिकका ९ वटै वडाका समुहले सहभागिता जनाएका थिए । सहभागि सबै टिमलाई सान्तवना स्वरुप पुरुस्कार दिईएको थयो । मिना कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सहजकर्ता डम्मरकला नेपाली गर्नु भएको त्यहाँबाट चन्द्र कुवरले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश