खम्म खत्रि | भदौ ३० अछाम । आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७ नम्वर प्रदेशले दिगो शान्ती व्यवस्थापनको लागि अन्तरक्रिया कार्यक्रम आज अछामको मंगलसेनमा सम्पन्न गरेको छ ।

प्रदेश भित्र दिगो शान्ती व्यवस्थापन र सहजीकरण नाम दिईएको उक्त कार्यक्रम प्रदेश सरकाले वनाउन लागेको कानुनका विषयमा छलफल र सुझाव संकलन गर्न आयोजना गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७ नम्वर प्रदेशका सचिव शंकर अर्यालले जानकारी दिए । कार्यक्रममा दिगो् शान्तीका लागि गर्नुपर्ने र भैरहेको अभ्यासको वारेमा उपसचिव निलमकुमार न्यौपानेले प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अथितीको आसनवाट वोल्दै मंगलसेन नगरपालिकाका मेयर पदमवहादुर वोहराले मान्छेले सास रहुन्जे जनहित र जनपक्षमा काम गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले भन्नुभयो संसार जित्छु भनेर हिडेका कयौं सासकहरु समेत मर्दा खालि हात गएका छन् । त्यसैले मर्दा के नै लानु छ र, मान्छेले जिवित हुदा सवैको लागि सधैको लागि काम गरौं । कार्यक्रमका सहभागीहरुले कानुन निमार्ण गरिदा कला संस्कृती तथा धार्मीक कुरामा असर नपर्ने गरि निमार्ण गरिनु पर्नेमा सुझाव दिएका छन् ।

कानुनको नाममा कागजी कानुन मात्र निमार्ण गरिनु भन्दा पनी नागरिकको हितमा कानुन निमार्ण भए कार्यन्वन सहज रुपमा हुनेमा सहभागीको विश्वास छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७ नम्वर प्रदेशका सचिव शंकर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, नेपाल वार यसोसियशनका अछामका अध्यक्ष कृष्ण ढुगांना, पत्रकार महासंघ अछामका कार्यवहाक अध्यक्ष खम्म खत्री र गैर सरकारी संस्था महासंघ अछामका अध्यक्ष खड्ग खड्काले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अछाम स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधी सुरक्षा निकाय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

अछाममा दिगो शान्ती व्यवस्थापनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment