2026-10-14 07:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राधा माबि बोगटी गाँउमा विद्युतिय हाजिरी सुरु

कमल रावल | असोज १, अछाम | मंगलसेन नगरपालिका वडा नम्बर ४ बोगटी गाँउमा रहेको राधा माध्यामिक बिद्यालमा विद्युतिय हाजिरि सुरु भएको छ । एक कार्यक्रमका बिच मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले विद्युतिय हाजिरिको उदघाट्न गर्नु भएको हो । 

विद्युतिय हाजिरिको शुभारम्भ गर्दै नगर प्रमुख बोहराले सुचना प्रबिधिको युगमा प्रबिधिको सही सदुपयोग सबैले गर्दै जानु पर्ने बताउनु भयो । शिक्षक विद्यालयमा नियमित हुनलाई विद्युतिय हाजिरिले निकै टेवा पुग्ने भएकाले आगामि दिनमा मंगलसेन नगरपालिकाका सबै विद्यालयमा बिस्तारका लागि पहल गर्ने बताउनु भयो । विद्यालयमा विद्युतिय हाजिरि, सिसि क्यामरा जडन लगाएतका प्रबिधि जडन कार्यलाई नगरपालिकाले अगाडी बढउने उहाँले बताउनु भयो । विद्यालय ब्यबस्थापन समिती अध्यक्ष तथा वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामिको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी स्रोतब्यक्ति बृकेश बोगट्ी बिशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद ढुगाना, कार्यपालिका सदस्य मोती कामि, पहलसिंह भुल, वडा सदस्य लोकेन्द्र केसि, भावना केसि अतिथी रहनु भएको थियो । विद्यालयको आन्तरिक कोषको करिब ३० हजार लगानिमा विद्युतिय हाजिरि सेवा सुरु गरिएको विद्यालयका प्रधानाध्यापक भिम बहादुर बिकले बताउनु भयो । कार्यक्रमको संञ्चालन शिक्षक एकिन्द्र विकले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश