2026-09-14 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एक नक्कली चालक अनुमति पत्रसहित पक्राउ

असोज ३, बैतडी | बैतडीमा एकजना नक्कली चालक पक्राउ परेका छन् । ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा दशरथचन्द नगरपालिका  ९ ग्वाल्लेकका बिसनदत्त जोशीलाई नक्कली सवारी चालक अनुमति पत्रसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

किर्ते सवारी चालक अनुमति पत्र साथमा राखेर जोशीले सवारी साधन चलाइरहेको पाइएको हो । जोशीमाथि लिखित किर्ते गरेको अभियोगमा मुद्दा दर्ता भई अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ । पक्राउ परेका जोशीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताए । 

जोशीले किर्ते सवारीचालक कहाँबाट प्राप्त गरेको भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । किर्ते सवारी चालक अनुमति पत्र बनाएमा ३ बर्ष कैद र ३० हजार जरीवाना हुन सक्ने कानुनी प्रावधान रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । चालक जोशीलाई मंगलबार पक्राउ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ