कमल रावल | असोज ६, अछाम | मंगलसेन नगरपालिका वडानम्वर ६ ले सञ्चालन गरेको शनिबार पनि वडाबासीलाई सेवा दिने कार्य प्रभावकारी बन्दै गएको छ । वडा वासिलाई वडाबाट प्रदान गरिने सबै सरकारी सेवाहरु बिदाको दिन शनिबार पनि उपलब्ध गराँउने निर्णय गरेको वडानम्वर ६ ले निर्णय गरेको २५ दिनमा ४० जना नागरिकलाई शनिबार सेवा दिएको छ ।

वडाबाट प्रदान गरिने सिफारिसहरु, बिभिन्न प्रमाणित गर्ने कामहरु शनिबार पनी भईरहेको वडा अध्यक्ष जनकराज भण्डारीले जानकारी दिनुभयो । भाद्र १३ गते वडा कार्यालय शनिबार पनी खुल्ला गर्ने र नागरिकलाई सेवा दिने निर्णय भएपछि ४ दिन शनिबार परेको र ४ दिनमा ४० जनालाई सेवा दिईएको र नियमित काम कार्य पनि सञ्चालन भएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि जनतालाई सहज र सरल तरिकाले सेवा प्रदान गर्नका लागि आफुले बिदाको दिन पनी वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष भण्डारीको भनाई छ । यस्ता क्रियाकलापबाट जनप्रतिनिधि र कर्मचारीलाई जनताप्रति जिम्मेवार बन्न तथा स्थानीय तह र सरकारी निकायप्रति जनताको भरोसा बढेर जाने विश्वास लिईएको छ ।

Related News