2026-08-29 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बयालपाटा अस्पतालद्धारा नयाँ भवनबाट सेवा संञ्चालन

पूर्णबहादुर खड्का | असोज ८, अछाम | न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पताल अछामले नयाँ भवनबाट आफ्ना सेवाहरु सुरु गरेको छ । सुबेदी कन्ट्रक्सन जेभीएको निर्माण टोलीले आकस्मिक तथा प्रयोगशाला भएको भवन निर्माण पछि अस्पताललाई हस्तान्त्रण गरेसंगै सेवासुरु गरिएको हो भने यसअघि अस्पतालका लागि अन्तरंग तथा बहिरंग बिभागको निर्माण कार्य सम्पन्न भई संचालनमा आईसकेका छन् । 

आज आईतबार निर्माण टोलीले आकस्मिक तथा प्रयोगशाला भवनको साँचो अस्पताललाई हस्तान्त्ररण गरेसंगै सेवा सुरु गरिएको हो । उक्त भवनमा आकस्मिक, प्रयोगशाला, एक्सरे, फामेर्सी तथा बिरामी नाम दर्ता लगायतका सेवा सुरु भएका छन । अस्पतालका अनुसार करिब ५ महिनाको अवधिमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । 

अब बाँकी रहेका भवन निर्माणको काम पनि समयमै सकिने बयालपाटा अस्पतालका सिनियर ईन्फास्टक्चर एसोसिएट जीवन बोहराले बताउनु भयो । शल्यक्रिया विभागको काम अन्तिम चरणमा रहेको छ भने गर्भवती चेकजाँच भवन निर्माणको काम पनि समयम सिमा भित्रै सकिने लक्ष्य राखिएको समेत उहाँले बताउनु भयो । निरन्तरको प्रयास र कन्ट्रक्सन टोलीको मेहनतले काम समयमै सम्पन्न भएको समेत बोहराले बताउनु भयो ।

नेपाल सरकारको सहयोग तथा न्याय हेल्थ नेपालको लगानीबाट भईरहेको भवन निर्माणको कार्य सुबेदी कन्ट्क्सन जेभीले गरिरहेको न्याय हेल्थ नेपालका लागि प्रदेश प्रमुख (निर्देशक) डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भयो । 

अस्पतालले एम्बुलेन्स सेवा बाहेक अरु सबै स्वास्थ्य सेवा निशुल्क रुपममा प्रदान गरिरहेको छ । आज भएको भवन हस्तान्त्ररण समारोहमा साँफेबगर नगरपालिका वडा नं. ७ का अध्यक्ष मिट्ठु भाट प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथी भाटले आफ्नै वडामा अस्पतालले देशकै नमुना भवनहरु निर्माणगरी निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । साँफेबगर नगरपालिकाको वडा नं. ७ विकास र राजनितिका हिसाबले पनि सबैभन्दा अगाडी रहेको भन्दै अध्यक्ष भाटले स्वास्थ्यमा पनि देशकै नमुना भएको प्रशंसा व्यक्त गुर्नभयो । साथै उहाँले अस्पताल वरिपरिको बजारलाई व्यवस्थित बनाउन पहल गर्ने र आन्तरिक श्रोतबाट अस्पताललाई गर्न सकिने सहयोग सदैब गर्न पछि नहट्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । हस्तान्त्ररण कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचन लगायत सबै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो