पढ्न करिब 6 मिनेट लाग्छ

प्रेम सुनार | असोज १०, गुल्मी | बर्षऔ अघि देखिका सिडियो र यस अघि सम्मको बजार अनुगमनकारी निकायको गुल्मीको सदरमुकाम तम्घासस्थित जिल्ला प्रशासनको छेँवैमा र जिल्ला जनस्वास्थ्य कार्यालयको अगाडी चार वटा अवैध मेडिकलहरु संरक्षणमा राख्दै सञ्चालनमा ल्याउँदै आएको खुलेको छ ।

तम्घास जिल्ला अस्पताल अगाडी रहेको शुभलक्ष्मी मेडिकल हल, सिर्जना मेडिकल हल र साहु टोलमा रहेको सिर्जना र उदिनढुङ्गामा रहेको राम मेडिकल हल अनुमति नलिई अवैध रुपमा सञ्चालनमा आएको खुलेको हो । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले आज पत्रकारहरुलाई कार्यकक्षमा जुटाएर यस्तो खुलासा गरेका हुन ।

‘आफुले कार्यभार सम्हाले देखि नागरिक समाज, पत्रकार र अन्य सरोकारवालाहरुले स्वास्थ्य जस्तो शंवेदनशिल क्षेत्रमा चरम लार्पबाही भएको लगायतका गुनासाहरु आफुमा आए पछि गोप्य र सुक्षम ढंग संग छापा मारि ती चार वटा मेडिकल स्वीकृति नै नलिई अवैध रुपमा सञ्चालनमा आएको पाईए पछि सञ्चालनमा रोक लगाईएको छ’ प्र.जि.अ. पौड्यालले भने –‘अन्य केहि मेडिकल नविकरण नै नगरिएको र कतिय मेडिकलमा बेच्न निषेध गरिएका औषधी समेत बेच्ने गरेको भेटाएका छौं । ’

उनका अनुसार औषधी ब्यवस्था विभागका विज्ञ दुई जना सहितको टोली काठमाण्डौबाट मगाएर यहाँका औषधी ब्यवसायी, जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला प्रशासन र गुल्मी उद्योग बाणिज्य संघ, नागरिक समाज सहितको प्रतिनिधी मुलक टोलीले सदरमुकामका १९ वटा मेडिकलमा छड्के अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कतिपय मेडिकलहरुले विक्रि गरेको औषधीको विलमा ब्याच नम्वर नराख्ने गरेको , जसका कारण त्यस्ता मेडिकलले म्याद नाघेका औषधी समेत बेच्न सक्ने देखिन्छ । त्यस्तै आजै अनुगमन टोलीले रिडी बजारमा पनि चार वटा मेडिकलमा छापा मारेर एउटा जिवन मेडिकल हलले नविकरण नै नगरी मेडिकल सञ्चालन गर्दै आएको , पपुलर मेडिकलले अनुमति नै नलिई अवैध रुपमा सञ्चालन गर्दै आएकोले ति दुईलाई पनि क्लिनिक सञ्चालनमा रोक लगाईएको प्र.जि.अ. पौड्यालले जानकारी दिए ।

त्यहाँको अनुप मेडिकल हल र शाही मेडिकल भने बैद्य रुपमा सञ्चालनमा आएको पाईएको पौड्यालको भनाई छ । उनले अवैध रुपमा सञ्चालनमा आएका ति मेडिकलहरुलाई कि आफै बन्द गर्नुस नत्र कानुनको दायरमा ल्याईन्छ भनेर चेतावानी दिए पछि औषधी मात्रै बेच्न थालेको पौड्यालले बताए ।

विशेषज्ञको हौवा दिदै गरिएको ब्रम्हालुट बन्द

त्यस्तै अनुमति नै नलिई जिल्लामा रहेका एफएम रेडियोहरुको दुरुपयोग गरी प्राय हरेक शनिवार नशा सम्वन्धी रोग , मुटु रोग , महिला सम्वन्धी हुने यौन रोग लगायतका बिशेज्ञ डाक्टर आउने विज्ञापन प्रशारण गरेर ब्रम्हालुट गरिदै आएको अवैध व्यवसायलाई पनि प्र.ज. अ. पौड्यालले बन्द गराएका छन ।

नशा सम्वन्धि रोग र मुटु रोगीहरुलाई सबै भन्दा ठुलो उपचार ‘ काउन्सेलीङ्ग’ को खाँचो पर्छ,– उनले भने– एक दिन आउने बिशेषज्ञले सय जना भन्दा बढि त्यस्ता रोगीहरुलाई जाँच्छन्, त्यस्ताले कति समय काउन्सेलीङ्ग गर्ने समय दिन सक्ला ? यसबाट बिमार निको भन्दा पनि थप बल्झीने डिप्रेशन हुँदै ज्यान जाने गरेको आवाज धेरैबाट उठ्यो । यसर्थ यस्तो कार्य बन्द गरिएको छ र यस्ता विज्ञापन प्रशारण गर्न पनि निषेध गरिएको छ । ’

यी सिडियोले बल्ल आँट देखाए

नागरिक समाजका अध्यक्ष पदम पाण्डे, यहाँका पत्रकार र अन्य सरोकारवालाले बिशेष गरी स्वास्थ्य क्षेत्रमा हुँदै आएको लापर्वाही रोक्न असार १८ गते देखि कार्यभार सम्हाल्न उनै सिडियो पौड्याल संग आग्रह गरेका थिए । त्यसो त हाल सम्म आएको सबै सिडियोहरुलाई त्यस बारे आग्रह गरे पछि त्यस्ता मेडिकल ब्यवसायीहरुको संरक्षण हुँदै आएको थियो ।

नागरिक समाजका अध्यक्ष पदम पाण्डे भन्छन –‘ यसपालीका सिडियोबाट आशाका किरणहरु झुल्कीएका छन । प्रशासनलाई चुस्त दुरुस्त पारेर सेवाग्राही मैत्री गराउने र यस्ता अवैध धन्दा बन्द गर्नमा उनले आँट गरे कै हुन ।’

उनले थपे–‘ सञ्चार माध्यममा आए लगत्तै प्युठानका रेकमबहादुर खत्रीबाट ठगिएका गुल्मी पुर्कोटका ज्ञानबहादुर घर्ति र उनका छोराहरुलाई सिडियोले न्याय दिलाए रै छाडे । ६ हजार दिएर १० लाखको तमसुक बनाउँदै उनको उनको दश रोपनी बाटो छेउँको गत्तिलो जग्गा दृष्टि पास गराएर सुकुम्वासी बनाउँदै थिए ।

तत्काल उनले उक्त जग्गा घर्तिलाई नै फिता गराउनु भयो । त्यस्तै रेकमबहादुरको ठगी धन्दा सधैका लागि बन्द गराउँदै उनिबाट ब्याजको स्याज र मनपरी तमसुक बनाई पिडित बनेका सयौंलाई न्याय दिलाउन छानविन समिति बनाएर काम सुरु गर्नु भएको छ । उहाँबाट अरु थप आशा राख्न सकिन्छ । ’

१५ मिनेट भन्दा बढि समय सेवाग्राहीले कुर्न नपर्ने

प्रजिअ पौड्यालले कार्यभार सम्हाले पछि प्रवेशद्धार मै को कुन सेवा लिन कुन कोठामा जाने र कसलाई भेटने ? भन्ने बुझ्नका लागि प्रबेशद्धारमा डिजिटल सुचना पाटी खडा गरे । कुनै पनि सेवाग्राहीलाई अरु कसैलाई भनसुन गर्न नपर्ने, तेश्रो पक्षलाई भनसुनका क्रममा विचौलियाहरुको आर्थिक चलखेलबाट ठगिनु पर्ने जस्ता सुराकहरु पाए पछि विचौलीयालाई प्रशासनको गेट छिर्न नदिने उद्घोष गरे ।

प्रशासन अगाडी बसेका लेखकहरुले सामन्य निवदेन लेख्दा एक जनाबाट ६ सय रुपैयाँ समेत लिएको पाए । राहदानीका लागि फोटो खिचाउँदा फोटो ग्राफरहरुले मनपरी रकम असुलेर ठग्ने गरेको जानकारी पाए ।

त्यस पछि उनले सदरमुकामका १९ जना फोटो ग्राफरहरुलाई कार्यकक्षमा बोलाए । तत्काल फोटा खिचाईएको मुल्यमा एकरुपता हुनु पर्ने , प्रविधीको विकास संगै पहिलाको भन्दा कम हुनु पर्ने तर्क राख्दै एक थान राहदानी बनाउनेको फोटाको मुल्य ३ सय रुपैयाँ निर्धारण गराए । राहदानी दस्खत गर्न आउँदा अनियवार्य फोटाको विल ल्याएर आउनु पर्ने , ३ सय भन्दा बढिको विल पाईए बोलाएर कार्वाही गर्ने सिष्टम बसाले ।

निवेदन लेखे बाट झन बढि ठगिएको पाए पछि उनले प्रशासनको प्रवेशद्धारमा नागरिक सहायता कक्षको स्थापना गरे । सेवाग्राहीले बाहिर कुनै प्रकारका निवेदनमा एक पैसा पनि खर्च गर्न नपर्ने गरी त्यसै सहायता कक्षमा २२ प्रकारका टाईप प्रिन्ट तयारी निवेदन– फारमहरु बनाएर निशुल्क सेवा उपलब्ध गराए ।

एक देखि अर्को जिल्लाबाट प्रमाण मगाउनु वा पठाउनु पर्दा बाहिर फ्याक्स र ईमेल ईन्टरनेटमा सेवाग्राही ठगिनु परेको थियो , उनले भित्रै फ्रि वाईफाई सेवा र ई–सेवा मार्फत कागजात मगाउने पठाउने सेवा उपलब्ध गराए । भित्रै निशुल्क फ्याक्स सेवा पनि उपलब्ध गराए । बाहिर टिकटको निर्धारित मुल्य भन्दा दोब्बर तेब्बर मुल्य लिदै आएकोमा उनले प्रशासन भित्रै निर्धारित मुल्यमा टिकट पनि उपलब्ध समेत उपलब्ध गराएका छन ।

धरान पुगेका एक गुल्मीले यसरी पाए सेवा

मेडिकल पढ्नका लागि गुल्मीाट धरान विपि मेमोरियल शिक्षण अस्पताल पुगेका प्रितमसिंह सुनार मंगलबार त्यहाँ जिल्ला प्रशासन गुल्मीको सिफारिस आबश्यक पर्यो । उनलाई तत्काल उक्त सिफारिस नभए उनि त्यसमा समावेश हुनबाट बञ्चित हुदै थिए ।

उनले फोनमा आफु अउन नसक्ने तर आजै उक्त सिफारिस चाहिने आग्रह गरे पछि उनको घर तत्काल मुसिकोट नगरपालिका वडा नम्वर। ३ वडा कार्यालयमा सुरुवाती सिफारिस ई सेवा मार्फत मगाएर १५ मिनेट भित्रमा प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जिल्ला प्रशासनबाट उक्त सिफारिस बनाएर मेल गरि दिए ।

यस्तो सेवाले सेवाग्राहीलाई सजिलो मात्रै भएको छैन , समय र खर्चमा समेत धेरै कमी आएको छ । प्र.जि.अ. पौड्याल भन्छन –‘नागरिकता बनाउने जस्तो सामन्य खर्च गर्नु पर्नेमा समेत एक जना सेवाग्राहीहरुले १५ सय देखि १७ सय सम्म खर्च गरेको पाएँ, घण्टौ कुर्नु पर्ने , शोर्सफोर्श लगाउनु पर्ने , यस्तो भने हामी कर्मचारी कि घुस्याह भएर हो कि त शासक बन्न चाहेर हो , हामी सेवक हौं , मुस्कान सहितको सेवा गर्दै छौ ।’

पत्रकार महासंघ गगुल्मीका अध्यक्ष नवराज भूसाल भन्छन –‘ एउटा सिडियोले चाहे आएको यति छोटो समय मै यति परिवर्तन ल्याउन सक्दो रहेछन । उहाँबाट यहाँका जनताले अरु थप क’राको अपेक्षा राखेका छन ।

तस्वीरः छोटो समय मै परिवर्तनको किरण ल्याउने उनै गुल्मीका सिडियो पौड्याल ।