2026-10-31 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा पोषण कार्यक्रमले घटायो कुपोषण

खडानन्द अधिकारी | असोज १२, कालिकोट | कालीकोट जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको छ । 

नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको हो । गत वर्षको तुलनामा जन्मदा कम तौल भएका बालकको अवस्था ५ प्रतिशत र यो वर्ष ४ प्रतिशत रहेको छ । दुई वर्ष मुनिका कम तौल भएका बालकको गत वर्ष २० प्रतिशत थियो भने यो वर्ष १३ प्रतिशत रहेको छ । १८० वटा आइरन चक्की प्रयोग गर्ने महिलाको सङ्ख्या गत वर्ष ५१ प्रतिशत र यो वर्ष ५५ प्रतिशत छ । 

सुत्केरी महिलाले प्रयोग गर्दै आइरहेको ४५ आइरन चक्की खानेको सङ्ख्या गत वर्ष ७४ प्रतिशत थियो भने यो वर्ष ७९ प्रतिशतले बढेको छ । कालीकोट जिल्लामा कडा कुपोषित बालबालिकाको सङ्ख्या गत वर्ष ८८३ जना र यो वर्ष ५१२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका पोषण फोकल पर्सन कटकबहादुर महतले बताउनुभयो । महतका अनुसार गत वर्ष ५९० जनाको कुपोषणको उपचारबाट निको भएको थियो भने यो वर्ष ४०८ जना निको भएको उहाँको भनाइ छ । 

महतका अनुसार यो वर्ष कुपोषणमा कमी आउनुका कारण शीघ्र कुपोषण, बहिरङ्ग उपचार सेवा र बालबालिकाका लागि उत्पादन गरिएको पिठो (लिटो) वितरणका कारण कुपोषणमा कमी आएको हो । तथ्याङ्क अनुसार पोषिलो पिठो प्रयोग गर्ने महिला, बालबालिकाको सङ्ख्या गतसाल १० हजार ९७२ जना रहेको छ भने यो वर्ष १० हजार ६६१ जना रहेको छ । कुपोषित भएका बालबालिकामध्ये ६० प्रतिशतभन्दा बढी बालिका, ६० प्रतिशतभन्दा बढी दलित रहेको पनि तथ्याङ्कमा छ । बढी दलित र बालबालिका कुपोषित देखिनुका कारण भने लैङ्गिक विभेद, गरीबी, रुढिवादी, तयारी खानको प्रयोग, जीवनको महत्व थाहा नपाउनुजस्ता कारण रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमुख डा विवस पराजुलीले बताउनुभयो । डा विवसका अनुसार यो वर्ष कुपोषणमा कमी आउनुको कारण बहुक्षेत्रीय पोषण कार्यक्रम लागू हुनु, शीघ्र कुपोषण एकीकृत व्यवस्थापनको लागू, मातृशिशु तथा बाल्यकालीन पोषण वृद्धि अनुगमन तथा परामर्श, आमा तथा बालक स्वाथ्य स्याहारसम्बन्धी कार्यक्रम लागू हुँदा भने यो वर्ष गत वर्षभन्दा कुपोषणको अवस्थामा कमी आएको हो । 

जिल्ला अस्पताल कालीकोटको तथ्याङ्कका आधारमा जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका मध्यम शीघ्र कुपोषित बालबालिकाको प्रतिशत गत वर्ष १४ प्रतिशत र यो वर्ष ७ प्रतिशत रहेको छ । यस्तै कडा शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या गत वर्ष ७ प्रतिशत र यो वर्ष ४ प्रतिशत रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो