२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बालकृष्ण ढुंगेल विरुद्धको फैसला उल्टाउन एमाओवादी ओखलढुंगाको माग (विज्ञप्ती)

२०७२, ७ माघ बिहीबार ११:१७

balkrishna-dhungelपूर्णप्रसाद न्यौपाने ।
माघ ७, ओखलढुंगा । पूर्व सांसद बालकृष्ण ढुंगेल विरुद्ध सर्वोच्चले गरेको फैसला उल्टाउन एनेकपा माओवादी
ओखलढुंगाले माग गरेको छ । पार्टीले ढुंगेलको गृह जिल्ला ओखलढुंगामा आज पत्रकार सम्मेलन गर्दै ढुंगेलका
विरुद्धमा सर्वोच्चले गरेको सर्वस्व सहित आजिवन काराबासको फैसला उल्टाउन माग गरेको हो ।

जनयुद्धकालीन राजनैतीक मुद्धामा सर्वोच्च अदालतले पटक पटक यस्तो फैसला गरेर
जनयुद्धका सिपाहिहरुलाई फसाउने षड्यन्त्र गरिरहेको एनेकपा माओवादी ओखलढुंगाका अध्यक्ष बाबुराम गौतमले
बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले सर्वोच्चको फैसला उल्टाउन पार्टीको शिर्षतह र सरकारको
ध्यानाकर्षण गराउने र माग सुनुवाई नभएर थप शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

सर्वोच्चको फैसला विस्तृत शान्ति सम्झौता,नेपालको संविधान २०७२ को मर्म र भावना
विपरीत भएको भन्दै तत्काल फैसला नउल्टाए सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउन पार्टी मूख्यालयलाई
ध्यानाकर्षण गराउने एनेकपा माओवादी ओखलढुंगाले जनाएको छ ।

ओखलढुंगाका उज्जवन कुमार श्रेष्ठको हत्या आरोपमा पछिल्लो पटक सर्वोच्च अदालतले २०७२ षौष २४
गते पुरानै फैसलालाई सदरगर्दै सर्वस्व सहित आजिवन काराबासको फैसला सुनाएको थियो ।

BIG

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी