पढ्न करिब 1 मिनेट लाग्छ

राम नारायण पंडित | असोज २०, सिरहा । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी नायब निरिक्षक रामबिकास साहको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. १ मनहर्वा स्थित बिभिन्न ब्यक्तिले लुकाईछिपाई खेतबारीमा लगाएको करिब ५ कठ्ठाको ५ हजार गाँजाको बोट फडानी गरि आज (शनिबार) नष्ट गरेका छन् ।

गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकाले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाहले बताए ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले वताएका छन् ।