Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
October 7, 2018 अछाम - ACM, समाज

नेपालमै पहिलो पटक स्थानिय स्तरको स्वास्थ्य बिमा अभियान अछामबाट सुरु

By साझासवाल

पूर्ण बहादुर खड्का | अछाम २१, अछाम । नेपालमै पहिलोपटक पूर्ण स्वास्थ्य बिमित स्थानिय अभियान अछाम जिल्लाबाट सुरु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका बाट स्थानिय तहमा स्वास्थ्य बिमा अभियानको सुरुवात गरिएको हो ।

शनिबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि अभियानको थालनि गरिएको हो । स्वास्थ्यमा सबै जनताको सहज पहुँज पुर्याउन र हरेक नागरिक जनताका लागी सर्बसुलभ स्वास्थ्य सेवा प्रदान गर्न स्थानिय स्तरमै अभियानको थालनि गरिएको स्वास्थ्य बिमा बोर्डका अध्यक्ष  डाक्टर उमाशंकर प्रसादले बताउनु भयो । स्थानिय स्तरमै जनताले सर्भसुलभ गुणस्तरिय स्वास्थ्य सेवा लिन सहज होस भन्ने मुख्य उद्देश्यले स्थानिय स्तरमा अभियानको थालनि गरिएको हो । पैसाको अभावमा गरिब जनताले रोग पालेर बस्ने अवस्थाको अन्यत गर्नका लागि पनि यो अभियानको सुरुवात गरिएको बोर्डका अध्यक्ष प्रसादले बताउनु भयो ।

स्वास्थ्य बिमा कार्यक्रम नेपालमा पहिलो पटक २०७२ चैत्र २५ गते कैलालीबाट सुरु गरिएको थियो । पहिलो चरामा नेपालका ३ जिल्ला कैलाली, ईलाम र बाग्लुगंमा कार्यक्रमलाई औपचारिकता दिईएको थियो । देशका ४४ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम प्रारम्भ भएको छ । जस अन्र्तगत ३६ जिल्लामा स्वास्थ्य बिमा सुरु भई बिमितले सेवा लिन समेत सुरु गरिसेकेका छन । हासम्मम देशका विभिन्न ३६ जिल्लाको तथ्याकं अनुसार १२ लाख ५० हजार ४ सय ६३ जना स्वास्थ्य बिमित रहेका छन । स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साँउदका अनुसार यस प्रदेशमा हालसम्मको तथ्यांक अनुसार बिमितको संख्या १ लाख २४ हजार ६ सय ६४ रहेको छ । जस अन्र्तगत कैलालीमा ८० हजार ७ सय २२ जना, बैतडीमा ६ हजार एकसय ६६ जना, अछाममा १२ हजार ८७ जना, बाजुरामा १४ हजार ६० जना, बझागंमा ११ हजार ६ सय २९ जनाले स्वास्थ्य बिमा गरिसकेका छन भने केहीले स्वास्थ्य बिमा मार्फत सेवा समेत लिईसकेका छन ।

स्वास्थ्य बिमा कार्यक्रम सुदूरपश्चिम प्रदेशमा कैलाली पछि बैतडी २०७३ पौष ६ गते र अछाम जिल्लामा पौष ११ गते सुरु गरिएको थियो । यस प्रदेशका ७ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भईसकेको छ भने २ जिल्लामा केही समयमै कार्यक्रम सुरु गरिने प्रदेश संयोजक साँउदले जानकारी दिनुभयो । प्रदेशका कञ्चनपुर र दार्चुलामा भरर्खरैमात्र कार्यक्रम लागु गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागु भईसकेपछि यस प्रदेशका विभिन्न २४ वटा स्वास्थ्य प्रदायक संसथासंग सेवा प्रदानका लागि सम्झौता समेत भईसकेको छ ।स्वास्थ्य बिम ागर्न बाँकी रहेका नागरिकले पनि बिम ागर्न बोर्डले आग्रह गरेको छ । बिमा गर्दा सुरुमा २५ सय रुपयाँमा शुल्क लाग्ने छ भने उक्त रकमले एक परिवारका ५ जनाले ५० हजार बराबरको स्वास्थ्य सेवा निशुल्क पाउनेछन । कुनैपनि बिमित नागरिकले आफु बिरामी भएपछि आफुसंग भएको बिमा कार्ड लिएर नजिकैको पहिलो उपचार केन्द्रमा जानुपर्ने हुन्छ यदि त्यहाँ उपचार सम्भव नभएपछि उक्त संस्थाले बिमाले तोकेका जुनसुकै स्वास्थ्य प्रदायक संस्थामा रेफर गरेपछि बिरामीले उपचार लिन सक्नेछन । साधारणतया जिल्लाहरुको हकमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र  सामुदायिक अस्पताललाई पहिलो उपचार केन्द्रबिन्दुको रुपमा राखिएको छ ।

अछाम जिल्लाको हकका कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल मंगलसेन, बयालपाटा अस्पताल र चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार केन्द्र बिन्दुका रुपमा राखिएको छ । यदि तपाईले स्वास्थ्य बिमा गर्नुभएको छ भने तपाई माथि भनिएका जनुसुकै ठाँउमा उपचार गराउन जान सक्नुहुनेछ । यदि तपाईको उपचारत्यहाँ सम्भव नभएमा उक्त संस्थाले अर्को नजिकैको स्वास्थ्य संस्था जुनमा उपचार सम्भव हुन्छ त्यहाँ रेफर गर्न सक्नेछ । स्थानिय स्तरमा स्वास्थ्य बिमा कार्यक्रमको आज एक कार्यक्रमका बिच जिल्ला समन्यव समितीका संयोजक नरबहादुर कुवँरले उद्द्घाटन गरेर सुभारम्भ गर्नुभएको थियो । साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवँर हरेक नागरिकलाई सहज र सर्भसुलव स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले सुरुवात गर्न लागेको अभियान एकदमै सकरात्मक भएको भन्दै सबैले स्वास्थ्य बिमा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै कार्यक्रममा स्वास्थ्य बिमा कोर्डका अध्यक्ष डाक्टर उमासंकर प्रसादले कोही नागरिक पनि उपचारबाट बञ्चित हुन नपरोस र सबैले सहजै सेवा पाउन भन्ने उद्देश्यले स्थानिय स्तरबाटै अभियानको थालिनी गरिउको बताउनु भयो । स्वास्थ्य बिमा समितीका बरिष्ठ जनस्वास्थ्य प्रशाक डाक्टर भुवन पौड्यालले बिमा गरेका नागरिकले स्वास्थ्य सेवा पनि सहज र छिटोछरितो रुपमा लिन सक्ने अभ्यास रहेको भन्दै आगामी दिनमा बिमाकं रकमलाई एक लाख पु्याउने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा न्याय हेल्थ नेपालका कार्यकारी दिर्नेशक एसपी कलौनीलेले स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत स्थानिय स्तरको यो अभियानले सबैभन्दा बढी गरिब जनतालाई सर्वभसुलभ स्वास्थ्य सेवा पाउन राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । निर्देशक कलौनीले बिमा कार्यक्रमले स्वास्थ्य संस्थालाई पनि बढी जिम्मेवारी बनाउन बोध गराउनुका साथै प्रभावकारी सेवा प्रदान गर्नमा समेत सहज हुनेमा जोड दिनुभयो । अछाम जिल्लाको साँफेबगर नगरपालिकाबाट अभियानको सुरुवात गरिएको बिमा समिती र नगरपालिकालाई धन्यवाद दिदैँ कार्यकारी निर्देशक कलौनीले बयालपाटा अस्पतालले अझ बढी गुणस्तरिय सेवा प्रदान गर्ने विश्वास व्क्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यलय अछामका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन भुक्तानी प्रक्रियालाई छिटो र सहज बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर प्रमुख कुलबहादुर कुवँरले आफ्नो नगरपालिकाले हरेक सामाजिक अभियानलाई तिव्रताका साथ अगाडी बढाईरहेकोमा जोड दिदैँ बिमा कार्यक्रमलाई पनि प्रभावकारी बनाउन पहल गरिने बताउनु भयो । नेपालमै पहिलो पटक स्थानिय स्तरको स्वास्थ्य बिमा अभियान साँफेबगर नगरपालिकाबाट सुरु गरिएकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख कुवँरले १४ वडामा जुन नगरपालिकाले पहिलो पटक स्वास्थ्य बिमा भएको वडा घोषणा गर्न सक्छ उसलाई १५ लाख बराबरको वडाले चाहेको योजनाका लागी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य बिमा अरुका लागी नभै आफ्नै स्वास्थ्यका लागि भएको भन्दै कुवँरले बिम ागर्न जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । अछाम जिल्लामा स्वास्थ्य बिमाको अवस्थाका बारेमा जिल्ला संयोजक प्रेम बुढाले जानकारी गराउनु भएको थियो ।