Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहाबाट लागूऔषधसहित पाँच युवक पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

लहान, २२ असोज | सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए राति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर चौधरी र ३१ वर्षीय रोहितकुमार चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको साथबाट लागूऔषध फेनारगन ३७ ट्याब्लेट, डिअलेजप ३६ ट्याब्लेट र लुपिजेसिक ३७ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । यस्तै सिराहा नगरपालिका–७ स्थित ट्राफिक चोकबाट लागूऔषधसहित सिरहा गोलबजार नगरपालिका–१० निवासी २२ वर्षीय उमेशकुमार महतो र १३ वर्षीय कृपाकुमार महतोलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट लागूऔषध नाइट्रोभेट १५० ट्याब्लेट, नाइट्रोजन १०० ट्याब्लेट तथा फोटोबिन ५६ एम्पुल बरामद भएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिनुभयो । त्यसैगरी प्रहरीले सिरहा नगरपालिका–२१ स्थित लकडिगोठबाट अबैध रूपमा भारततर्फ लाँदै गरेको २५ कार्टुन (सोफिया) मदिरा बरामद गरेको छ ।