Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बस दुर्घटनामा पाँच घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ३०, बैतडी |</b> महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् ।&nbsp;<br></p><p>घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो । अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदूत यातायातको ना५ख ८११७ नं को बस आज बिहान ५ बजे एक्कासी बाङ्गाबगरमा सडकमा पल्टेको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।&nbsp;&nbsp;</p><p>रासस&nbsp;</p>