Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ३, लहान (रासस) | प्रहरीले नलकटुवा पेस्तोलसहित आज सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ । जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका– ९ जिरोमाइलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

आफ्नो घरमा तीन वटा बोरामा लागुऔषध प्याक गरी राखेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित धनगढीमाई नगरपालिका–९ का दलुवा भन्ने गङ्गाप्रसाद यादवलाई पक्राउ गरेको हो ।

यादवको घरभित्र बोरामा प्याक गरिएका अवस्थामा डाइलेक्स डिसी १०० एमएलको ४४८ बोतल, नाइट्रोक्याट छ डब्बा (एक हजार ८०० थान), स्पासमोल छ डब्बा (८६४ थान) र पलोडविन १८० थान बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।