2026-10-14 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम: दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

कात्तिक ८, अछाम (रासस) | अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् । 

जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं को जिप राति २ बजे दुर्घटनामा परेको थियो । उक्त घटनामा घाइतेमध्ये मङ्गलसेन नगरपालिका–४ की १६ वर्षीया झुमा आउजीको टाउकोमा गम्भीर चोट लागेको छ भने मङ्गलसेन–८ का २० वर्षीय खगेन्द्र बिकको पनि टाउको र हातखुट्टामा चोट लागेकाले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते मङ्गलसेन–५ का २९ वर्षीय राजेश भाट भने घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । 

जिपमा चालकसहित चार जना रहेको र चालक फरार रहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । 

यसअघि बुधबार दिउँसो कैलाशखोला नजिकै भएको ट्याक्टर दुर्घटनाका ४ जना घाइतेलाई बयालपाटा अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ । दुर्घटनाबाट गम्भीर घाइते मङ्गलसेन–४ की ३५ वर्षीया कमला केसी, ३० वर्षीय नृप केसी, ३५ वर्षीया मोतिकला धामी र १७ वर्षीया पवित्रा केसीलाई कोहलपुर रेफर गरिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । 

कोजाग्रत पूर्णिमाको दिन बान्नीगढी–४ तिमिल्सैनमा लाग्ने दशैँमेला हेर्न गएका ४० जना उक्त ट्याक्टर दुर्घटनामा परी घाइते भएका थिए भने मङ्गलसेन–४ की ३५ वर्षीया मैना धामीको घटनास्थलमै मुत्यु भएको थियो । 

ट्याक्टरमा ओभरलोड भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । फरार रहेका ट्याक्टर चालक मङ्गलसेन–४ का हेमराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश