2026-09-13 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पाँचौ चन्द्रौटा महोत्सव मंसिर ६ गतेवाट हुने

कार्तिक १३, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटा मंसिर ६ देखि १६ गतेसम्म पाँचौं चन्द्रौटा महोत्सव हुने भएको छ ।व्यापार संघ कपिलवस्तुको आयोजनामा हुने पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा ब्यापार महोत्सव २०७५ को तयारी सुरु भएको ।

“कृषि पर्यटन उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा महोत्सव नजिकिँदै जाँदा आयोजक तयारीमा जुटेको आयोजक समितिका संयोजक महादेव पोख्रेलले वताए । गत वर्षकै स्थानमा महोत्सव हुने वताइएको छ ।अहिले महोत्सव स्थलमा तारवार र स्टल निमार्णको काम धमाधम भइरहेको छ  । मेलालाई सभ्य र भब्य रूपमा सफल पार्न ३२ सदस्यीय मूल समिति र १३ सदस्यीय सचिवालय निर्माण गरिएको छ ।महोत्सवमा २६४ स्टलहरु रहने स्टल संयोजक नवराज न्यौपानेले वताए ।

स्थानीय ब्यापारीहरूका लागि स्टलमा बिशेष छुटको पनि ब्यवस्था रहेको आयोजकको दावी छ  । स्थानीय उत्पादन एवं पर्यटनको प्रचारप्रसार, संरक्षण, सम्बद्र्धन र बजारीकरणका साथै शिवराज नगरक्षेत्रका प्रसुति सेवा केन्द्रलाई विशेष सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समिति संयोजक पोखरेलले जानकारी जनाए । महोत्सव संचालनले जिल्लाको चन्द्रौटा क्षेत्रका कृषि, उद्योग, व्यापार व्यवसाय तथा ऐतिहासिक, पूरातात्विक, धार्मिक एवं पर्यटकीय स्थलहरूको वृद्धि विकास, प्रवद्र्धन र प्रचारप्रसारमा थप टेवा पुग्ने वताइएको छ ।

महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादन, हस्तकला जडीबुटीहरूको प्रदर्शनी र बिक्री वितरणका स्टलहरू रहने आयोजक संस्थाका महासचिव जगत पौडेलले बताए । महोत्सवलाई थप आकर्षण बनाउन बाल उद्योन, मौतका कुवा, रोटे पिङ, जादुगर, कुस्ती खेल, पाँचौं डान्स आइडल, थारु भेषभुषासहितको नृत्य प्रतियोगिताका साथै राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने महासचिव पौडेलले जनाए । यसैगरी जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरूको फोटो प्रदर्शनी महोत्सवको अर्को महत्वपूर्ण विशेषता रहेको आयोजक संस्थाका सचिव गोपाल बन्जाडेले जानकारी दिए  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले