पढ्न करिब 1 मिनेट लाग्छ

कमल रावल | कार्तिक १५, अछाम | चौरपाटी गाँउपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ जनाले फाराम भरेका छन । वेरोगार यूवाहरुलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरेको मेलाको पहिलो दिन बुधबार चौरपाटीमा ५०६ जना र विहिबार चौखुट्टेमा १७८ गरी ६८४ जनाले वेरोगारी फाराम भरेका छन ।

यस्तै धन लक्ष्मी रोजगारमा बुधबार चौरपाटीमा ४३ र विहबिार २८ गरी ७१ जना र धनलक्ष्मी वायो टेक्नोलोजी मा बुधबार चौरपाटीमा ६४ र चौखुट्टेमा विहिबार २२ गरी ८६ जनाले आवेदन फाराम भरेको निमित्त प्रशासकीय अधिकृत धन बहादुर थापाले जानकारी दिनु भयो । रोजगार मेलामा १८ बर्ष पूरा भई ५८ बर्ष ननाघेका वेरोजगारहरुले फाराम भरेका छन ।