Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सासु बुहारिको रहस्यमय मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | कात्तिक १६, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउमा सासु बुहारिको रहस्यमय मृत्युभएको छ । बुधवार दिउसो  ३ बजे घाँस काट्न भनेर घरबाट निस्केकी ३० बर्षीय निर्मला भट्ट साँझ सम्म पनि घर नर्फकिदा बुहारिको खोजतलाश गर्न जाँदा ५२ बर्षीया पार्वती भट्ट समेत वेपत्ता भएकि थिइन ।

बुहारिको खोजिमा गएकि सासु पनि रातीसम्म घर नफर्किएपछी घरपरिवारका अन्य सदस्यले खोजी गर्दा निर्मला हिजो  बिहान स्थानीय ओडीगाँउ जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कर्यालय बैतडीका प्रहरी नायब उपरिक्षक नेत्रमणि गिरिले बताउनुभयो ।

घटना रहस्यमय भएको हुदा प्रहरी कार्यालय खोचलेक बाट प्रहरी साहायक निरिक्ष श्याम सिहं महराको नेतृत्वमा खटिएको  टोलिले प्रहरीचौकि बाट करिब ३ घण्टाको पैदल यात्रामा सासु पार्वति भट्टको  शव फेला परेको हो ।

शव दशरथ चन्द नगरपालिका वडा न ४ को झल्लकोट भन्ने ठाउमा आपको बोटमा सारिले झुन्डीएको अवस्थामा भेटाएको निरिक्षक महराले जानकारि दिनुभयो । मृतफेलापरेका दुवैजना सासु बुुहारिको शव पोष्टमाटमका लागि इलाका प्रहरि कार्यालय पाटनमा राखिएकोे छ ।

घटना के कति कारण्ले भएको हो भन्ने  तथ्य पत्ता नलागेको र घटनाको छानविन भइरहेको जिल्ला प्रहरि कर्यालय बैतडीले जनाएको छ ।