पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २५, बैतडी | जिल्ला अस्पताल बैतडीमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना हुने भएको छ । स्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक को स्थापना गर्न लागिएको हो ।

आ.ब ७५/७६ भित्र नै जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापना गरिनेभएकोछ । सुदुरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापनाका लागि ३० लाख रकम विनियोजित गरेको छ ।

प्रसुती गराउने आमाहरु दुर्घटनामा परेका घाइते तथा अपरेशन गर्नुपर्ने बिरामीको लागि तत्काल आवश्यक रगत व्यवस्था गर्न ब्लड बैंकको स्थापना गर्न लागिएको बैतडी क्षेत्र नम्बर (ख) बाट निर्वाचित सुदुरपश्चिम प्रदेश सांसद लिलाधर भट्टले बताउनुभयो ।

प्रसुती शल्यक्रिया दुर्घटनामा परेका घाइते तथा अप्रेसन गर्नुपर्ने बिरामीहरुलाई रगतको आवश्यकता पर्दा नेपाली सेना, नेपाल प्रहरीको भर पर्नु पर्ने त्यस माथि पनि ब्लड ग्रुफ नमिल्ने समस्याले धेरै बिरामीहरुलाई अन्यत्रै रिफिर गर्नु पर्ने बाध्यता रहेकोले ब्लड बैंकको स्थापना भए सो समस्या हट्ने जिल्ला अस्पतालका मे.स डा. जगदीशचन्द्र विष्टले बताउनुभयो ।

रगतको अभावमा गर्भवती महिला र अन्य बिरामीको मृत्यु समेत भएको भन्दै जिल्ला अस्पताल बैतडीले रक्त संचारको स्थापना गर्न लागेको जनाएको छ ।