Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 13, 2018 बैतडी - BTD, समाज

बैतडीका स्थानिय तहका वडामा मेलमिलाप केन्द्र स्थापना हुन सकेन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | कात्तिक २७, बैतडी | स्थानीय विवाद निरूपण गर्न प्रत्येक स्थानीय तहका वडामा आवश्यकता अनुसार मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था भए पनि बैतडीका स्थानिय तहमा मेलमिलाप  केन्द्र स्थापना भएका छैनन ।

वडाहरुमा मेलमिलाप केन्द्र स्थापना नहुदा सानो तिनो झैझगडाका मुद्धाहरुलाई पनि प्रहरि कार्यालय तिरै दर्ता गराउनु पर्ने बाध्यता रहेको छ । वडा हरुमा मेलमिलाप  केन्द्र स्थापना नहुदा नागरिकहरुले स्थानिय तहको न्यायिक समिती समक्षनै मुद्धाहरु दर्ता गराउनु पर्ने बाध्यता रहेको सिवनाथ गाउपालिका उपाध्यक्ष एवम न्यायिक समिती संयोजक कुस्मा चन्दले बताउनुभयो ।

स्थानिय तहहरुमा उपाध्यक्ष तथा उपप्रमुखको नेतृत्वमा सञ्चालन भएको न्यायिक समितिले प्रभावकारि काम गर्न नसकेकाले मेलमिलाप  केन्द्र  स्थापना हुन नसकेको दोगडा केदार गाउपालिका वडा नं ३ का वडा अध्यक्ष चन्द्रदेब जोशिले  बताउनुभयो ।  न्यायिक समितिको मातहतमा रहेर मेलमिलाप केन्द्रस्थापना हुनेभएकाले न्याकिक समितिमा नै न्यायिक सल्लाहाकार नहुदा अन्वयलता छाएकाले मेलमिलाप  केन्द्र स्थापनामा ढिलाइ भएको  पाटन नगरपालिकाका नगरप्रमुख केसव बहादुर चन्दले बताउनुभयो ।

बैतडीका कुल १० स्थानीय तहका ८४वडा कार्यालयमध्ये कुनै पनि वडामा मेलमिलाप केन्द्र गठन गरिएका छैनन् । स्थानीय तहको न्यायिक समितिमा मुद्दाको चाप कम गर्न र साना साना विवाद वडा स्तरमा नै निरूपण गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक वडामा मेलमिलाप केन्द्रको परिकल्पना गरेको भएपनि बैतडीमा कार्यान्वयनमा रहेको छैन ।

नेपालको संविधानको धारा २१७ मा गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन हुने उल्लेख गरिएको भए पनि अहिले सम्म कुनै पनि वडामा मेलमिलाप  केन्द्र स्थापना भएका छैनन ।

प्रत्येक  नगरपालिका र गाउपालिकामा गठित न्यायिक समितिले नै  वडा स्तरमा मेलमिलाप केन्द्र गठन गर्न सकिने कानुनी व्यवस्था रहेको  छ ।