2026-08-29 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा केदारनाथ मेला शुरु

कात्तिक २७, अछाम | लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको जात्रा’ नामले पनि पुकारिने गरिन्छ । 

जिल्लाको कमलबजार नगरपालिका–७ जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको यस क्षेत्रका जानकार बताउँछन् । लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताको धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने छडाल देवताका धामी झङ्करे ढोलीले बताउनुभयो । 

यस वर्ष तिथिको घटबढका कारण मङसिर ५ गते खला नाच्ने र ६ गते केदारमाडाँैमा होम गरिने पुजारी मनिराम खतिवडाले जानकारी दिनुभयो । डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी डोटी, सुर्खेत, दैलेख र कैलाली जिल्लासमेतबाट दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । 

अछाममा १० दिनसम्म लाग्ने एकमात्र ऐतिहासिक महत्वको केदारनाथ मेलाको यस क्षेत्रमा महत्व थप बढ्दै गएको स्थानीयवासी बताउँछन् । केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मिक एवं ऐतिहासिक विश्वास रहिआएको केदारनाथका मूलधामी इन्द्रे कामीले बताउनुभयो । 

धार्मिक तथा सांस्कृतिक महत्वका यस्ता चाडपर्वको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्न सके यस क्षेत्रको विकासले गति लिनसक्ने भन्दै यसतर्फ स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने स्थानीय भीम खतिवडाको भनाइ छ । 

देउसी भैलोको रकम विद्यालयलाई 

अछामको चौरपाटी गाउँपालिका–२ सोकटमा विद्यालयको स्तरोन्नतिका लागि खेलिएको देउसी भैलो कार्यक्रमबाट रु पाँच लाख छ हजार सङ्कलन भएको छ । आठ सय २० जना विद्यार्थी अध्ययनरत दशपल्ले माविको कक्षा १२ सम्म सञ्चालन गर्न तथा विद्यालयको अवस्था सुधार गर्ने उद्देश्यसहित सोकटका स्थानीय सरोकारवाला, शिक्षक, विद्यार्थी अभिभावक मिलेर सामूहिक रुपमा देउसी भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् । 

चौरपाटी गाउँपालिकाका सबै वडाका टोल टोल, स्थानीय बजार र जिल्लाको मुख्य व्यापारी केन्द्र साँफेबगरमा वडाबाट चार टोली विभाजन गरी देउसी भैलो खेलिएको थियो । सङ्कलित रकमले विद्यालयको भौतिक अवस्था सुधारका लागि पहल गरिने स्थानीय झंकर साउदले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो