Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 21, 2018 अछाम - ACM, समाज

अछाममा बालक्लबको सक्रियतामा बालविवाह रद्द

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कमल रावल | अछाम ५, मंसिर | अछामको रामारोशन गाउपालिका वडा नम्बर ५ मा बाल बिबाह रद्ध गरिएको छ । वडामा गठित बाल सँजालको सक्रियतामा बाल बिबाह रद्ध भएको हो ।&nbsp;<br></p><p>रामारोशन ५ पातलमा बस्ने दल बहादुर बुढाकि १८ बर्षिया छोरि पवित्रा बुढा र कालिकोटको नरहरि नाथ गाउपालिका रुप्सा निवासि दिनेश बोगटिका १८ बर्षिय छोरा तपेन्द्र बोगटि बिचको बिहे रोकिएको छ । जनप्रतिनिधि, प्रहरि, कर्मचारि, युवा संजाल, वाल संजाल लगाएत सबैको उपस्थितिमा उमेरमा नपुगे सम्म आ आफनो घरमा बस्ने सहमति गराईएको क्लबका अध्यक्ष खगेन्द्र परियारले बताउनु भयो&nbsp; । पछिल्लो समयमा बालक्लको सक्रियतामा रामारोशनमा एक दर्जन बढि बाल बिबाह रोकिएका छन ।</p>