2026-09-14 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका एक युवाले जन्मदिनको खर्च कटाएर अपाङ्गतालाई सहयोग गरे

मङ्सिर ७, बैतडी | पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपाङ्गता भएका परिवारका लागि खर्चिएका छन् । 

अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले आफ्नो २७औँ जन्मदिनको अवसरमा खर्च जोगाएर दशरथचन्द नगरपालिका–२ देहिमाडाँै निवासी अपाङ्गता भएका परिवारलाई नगदसहित लत्ताकपडा सहयोग गर्नुभएको हो । 

बिहिबार उहाँले देहिमाडाँैका पूर्णबहादुर बोहराका छोराछोरीलाई सहयोगस्वरुप रु १० हजार भन्दा बढीका लत्ताकपडा, रजाइ, गद्दा तथा रु चार हजार ५०० दिनुभएको थियो । पूर्णकी २३ वर्षीया छोरी हिरा, १५ वर्षीया करिष्मा, १८ वर्षीया भूमिका र १० वर्षीय जयन्त बोहरा अपाङ्गता छन् । 

घरमै आएर सहयोग पाउँदा आफूहरू निकै खुशी भएको छोरी हिराले बताउनुभयो । आफूहरुको पढ्ने इच्छा भएको बताउनुका साथै घरमा ह्विलचेयर जाने बाटो नहुँदा समस्या भएको उनीहरूको गुनासो थियो । अध्यक्ष कार्कीले जन्मदिनमा गरिने फजुल खर्च जोगाएर आफूले सहयोग गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले