२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गाँउपालिकाले कर्मचारी तथा अध्यक्ष र उपाध्यक्षका लागि आवास गृह बनाउने

२०७५, ९ मंसिर आईतवार ११:५५

कृष्ण बिष्ट | मङ्सिर ९, बैतडी | बैतडीको सिगास गाउपालिकाले कर्मचारी र अध्यक्ष तथा उपाध्याक्षका लागि आवास गृह निर्माण गर्न लागेको छ । कर्मचारीहरु बस्नको लागि गाउपालिकाले ५० लाख बराबरमा १५ कोठे आवास गृह र २५ लाख बराबरको ४ कोठे भवन अध्यक्ष तथा उपाध्यक्षका निर्माण गर्न लागेको हो । 

कर्मचारी र अध्यक्ष तथा उपाध्यक्षका लागि गाउपालिकाले आवास गृह निर्माण गर्न चालु आर्थीक वर्षमा ७५ लाख बजेट बिनियोजन गरेको सिगास गाउपालिका उपाध्यक्ष द्रोपति चन्दले बताउनुभयो । गाउपालिकाको कार्यालयमा काम गर्ने कर्मचारीहरुका लागि बस्न समस्या भएपछि गाउपालिकाले नै कर्मचारी आवास गृह बनाउन लागेको उपाध्यक्ष चन्दले बताउनुभयो । 

जिल्लाको दुर्गम गाउपालिका भएकाले सडक सञ्जाल लगायत अन्य भौतीक पुर्वाधारको  समेत अभाव भएको हुदा कर्मचारिहरुको लागि गाउपालिकाले नै आवास गृह निर्माण गर्न लागेको वडा नं ५ का वडा अध्यक्ष एवम गाउपालिका प्रबक्ता राम बहादुर धामीले बताउनुभयो ।

 यस्तै गाउपालिका अध्यक्ष तथा यपाध्यक्ष हरुका लागि गाउपालिका को कार्यालय घरबाट टाढा भएकाले गाउपालिका कार्यालय नजिकै बस्न अध्यक्ष तथा उपाध्यक्ष अवास गृह बनाउन लागेको प्रबक्ता धामीले जानकारि दिनुभयो ।

गाउपालिका कार्यलयको पनि आफ्नै अवन नहुदा कार्य सम्पादनमा समस्या भएको छ । गत वर्ष देखि सुरु गरिएको गाउपालिका कार्यलय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि गाउपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी