2026-09-14 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी: कार्यपालिकाका सदस्यहरुद्धारा नै निर्णय कार्यान्वयन गर्न नगर प्रमुखलाई ज्ञापन पत्र

कृष्ण बिष्ट |  मङ्सिर १३, बैतडी | पाटन नगरपालिकामा नागरिकहरुका गुनासो बढ्दै गएपछि नगरपालिकाको बैठकले गरेका निर्णय कार्यान्वयनको माग गर्दै नगर कार्यापालिकाका सदस्यहरुले बुधबार  नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । नगरप्रमुख केशबहादुर चन्द प्रति नगर कार्यपालिका सदस्यहरुले नै असन्तुष्टि जाहेर गर्दै निर्णय कार्यान्वयनका लागि ज्ञापन पत्र बुझाएका हुन ।

स्थानीय तहको सरकार गठन भएको दुई आर्थिक वर्षमा पाटन नगरपालिकाले ३५ कार्यापालिका बैठक र ४ नगरसभा बैठकले पारित गरेका निर्णय कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै सबत्र स्थानियहरुले गत सनिबार आलोचना गरेका थिए । 

पाटन नगर कार्यापालिकाबाट निर्णय भएको ५ करोडको पाटन नगर खानेपानी योजना, नगरको अतिक्रमित जग्गा लगायत, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएको नगर कार्यापालिका सदस्य एबम वडा नं १० का वडा अध्यक्ष देवेन्द्र कुँवरले बताउनुभयो ।

बैठकले गरेका निर्णय कार्यान्वयन नहुँदा नगरपालिकाका स्थानिय नागरीक नगरपालिकाका गतिविधिप्रति खिन्न भएका छन् । नगरपालिका आफैले गरेका निर्णय कार्यान्वयन नगर्दा विकास निर्माण र स्थानीय तहका गतिविधिबारे नागरिकहरुले असन्तुष्टि जनाएका छन् । 

नगर कार्यपालिकाबाट निर्णय भएका सार्वजनिक महत्वका गम्भीर निर्णय लागु गर्न मेयर उदाशिन भएको भन्दै नगर कार्यपालिका सदस्यहरुले माग पूरा नभए मेयर बिरुद्ध तालाबन्दी  र हड्तालका कार्यक्रम ल्याउने बताएका छन् । यो विषयमा पाटन नगरपालिकाका मेयर केशब बहादुर चन्दले अमिन नहुँदा पाटन नगरपालिकाको अतिक्रमित जग्गा बारे निर्णय गर्न नकसको बताउनुभयो । यता भने नगरपालिकाले गरेका सबै निर्णय एकैचोटी कार्यान्वयन गर्न नसकिने भएकोले क्रमिक रुपमा  निर्णय कार्यान्वयन हुँदै जाने नगरप्रमुख केशबबहादुर चन्दको  भनाइ छ  । 

नगर कार्यपालिका १४ वटै सदस्यहरुले नगरप्रमुख चन्दले  कार्यापालिका र नगरसभाबाट पारित गरेका निर्णय कार्यान्वयन नगरे थप कमद चाल्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले