१५ औ राष्ट्रिय महिला स्वयंसेविका दिवसः हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

साझासवाल
2 Min Read

कृष्ण बिष्ट | मङ्सिर १९, बैतडी | आज १५औ  राष्ट्रिय महिला स्वयम सेविका दिवस बैतडीमा पनि बिभिन्न कार्यम गरी मनाइएको छ । “महिला स्वास्थ्य स्वयम सेबिकाको निस्वार्थ  सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा” भन्ने मुल नाराका साथ स्वयम सेबिका दिवस मनाइएको हो ।

जिल्लाको केसरपुर प्रमथमिक स्वास्थ्य केन्द्र मेलौलीले वडा नं १ र ७ अन्तरगतका २० वटा महिला स्वास्थ्य स्वयमसेविका सम्मेलित हाजिरी जवाफ प्रतीयोगिता सञ्चालन गरेको थियो । स्वास्थ्य केन्द्रमा सञ्चालन हुने बिभिन्न तालिम तथा अन्तरकृया बाट सिकेको कुराहरु कत्तिको आत्मसाथ गर्छन र पछि सम्म स्मरण गराउनको लागि हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरीएको केसरपुर स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन रमेस बोहराले जानकारी दिनुभयो ।

आज भएको हाजिरी जवाफ प्रतीयोगितमा नवजात शिसु र गर्ववती महिला सम्बन्धीका ८० ओटा प्रस्नहरु समाबेस गरिएकोमा ७६ प्रस्नको स्वायम सेबिका मार्फत सहि जवाफ प्राप्त भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

आज भएको हाजिरी जवाफ प्रतियोगितामा तारा बिष्ट र बिष्णु चन्द प्रथम हुनुभएको छ भने, दाश्रो स्थानमा बसन्ती दमाई र गिता नायक हुनुभएको छ  त्यसैगरी तेश्रो स्थानमा बिमला ओझा र कस्तुरी नयक हुनुभएको लयब टेक्नीसियन बोहराले जानकारी दिनुभयो ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख जयराज ओझाको सभापतित्वमा भएको १५ औ राष्ट्रिय स्वयम सेबिका दिवस कार्यक्रममा बोल्दै नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले धेरै जसो स्वास्थ्य समस्या स्वास्थ्य चौकी सम्म नआउने  गरेको स्मरण गर्दै दुर्गम भेगमा रहेका स्वास्थ्य समस्यालाई स्वयम सेबिकाहरुले स्वास्थ्यको मुलधारमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply