2026-09-14 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मुख्यमन्त्रीले भने – ‘जनताको आवश्यकतामा विकास निर्माण’

बैतडी, २९ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको आवश्यकतालाई आधार मानी विकास निर्माणका काम अगाडि बढाइएको बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ शाखा बैतडी र रेडियो सेभेनस्टारले आज खोडपेमा आयोजना गरेको पत्रकार सम्मलेनमा उहाँले देश सङ्घीयताको नयाँ अभ्यासमा रहेकाले विकासको गतिमा केही ढिलाई भएपनि जनताका अपेक्षा पूरा हुने जानकारी गराउनुभयो । “पहिलो नौ महीना सिकाइमै बितेकाले अब सबै क्षेत्रको विकास हुन्छन्,” उहाँले भन्नुभयो, “कर्मचारी तथा कानूनको अभावमा सबै काम गर्न सकिएन, चालू आर्थिक वर्षदेखि सबैको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौं ।” 

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कृषि, जलस्रोत, पर्यटन, तथा जडीबुटीको थुप्रै सम्भावना रहेकाले समृद्ध प्रदेश बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस प्रदेशको वेरोजगारी समस्यालाई सम्बोधन गर्न प्रदेश सरकारले युवालाई सहुलियत ऋण दिने कार्यक्रम ल्याउने छ ।” 

यसैबीच पाटन नगरपालिका–९ स्थित विजयपुरस्थित ज्ञानेश्वर माविको ४४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आजै उहाँले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक स्वयं आफूले जागरुक हुन आग्रह गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले