Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मकाउ पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १०, काठमाडौं । मकाउ पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनाङका उमेश पुन भन्ने राजेशकुमार थापा रहेको प्रहरीले जनाएको छ ।

२०७१ सालमा अनुमति विना नै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी मकाउ पठाइदिने भन्दै डम्बरजंग सारु मगरसमेतलाई ठगी गरेका थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पुस ८ गते काठमाडौंको बानियाँटारबाट पक्राउ गरेको हो ।

उनलाई वैदेशिक रोजगार न्यायाधीकरणले २०७४ असोज ३० गते ३ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । न्यायाधीकरणले थापाबाट पीडित व्यक्तिहरुलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जना रकमसमेत गरी १३ लाख ५० हजार रुपैयाँ भराइदिन पनि फैसला गरेको थियो ।

थापालाई पक्राउ गरी सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जानकारी दिएको छ ।