Skip to content
Friday, July 17, 2026 Nepali Online Media
December 29, 2018 बैतडी - BTD, समाज

बैतडीका तिन स्थानिय तहमा एम्बुलेन्स सेवा सञ्चालन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | पुस ११, बैतडी | बैतडीका तिन स्थानिय तहले एम्बुलेन्स सेवा सञ्चालन गरेका छन । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन ।

एम्बुलेन्स सेवा सुचारु भएदेखि यहाका स्थानियहरुले स्वास्थ्य सेवा लिन सहज भएको बताएका छन । एम्बुलेन्स सेवा सुरु भएपछि कुनै दुर्घटना हुदा र सिकिस्त बिरामी भएको बेला बिरामीलाइ छिटो अस्पताल लैजना सहज भएको पुर्चौडी नगरपालिकाका स्थानिय अनिरुद्र जोसीले बताउनुभयो । एम्बुलेन्स सुविधा भएपछि नागरिकले बिरामीलाई बोकेर स्वास्थ्यसंस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता हटेको पुर्चाैडी नगरपालिकाका अर्का  स्थानिय नवराज जोसीले बताउनुभयो । पुर्चाेडी नगरपालिकाले गत महिना देखिमात्रै एम्बुलेन्स सेवा सुरु गरेको हो ।

यस्तै दशरथ चन्द नगरपालिकाले एक वर्ष पहिले देखि एम्बुलेन्स सेवा सुचारु गरेको छ । एम्बुलेन्स सेवा सुरु भएदेखि यहाका नागरीकहरुले राहात महसुस गरेको दशरथ चन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताउनुभयो ।

एम्बुलेन्स सेवाको अभावले स्थानियहरुलाई स्वास्थ्य सस्थास सम्म छिटो छरीतो पु¥याउनमा सहयोग पुग्ला भनेर नगरपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताउनुभयो ।  ग्रामिण भेगमा कच्ची सडक पुगेपनि स्थानियहरुले कुनै जटिल रोगका बिरामीलाई अस्पताल बोकेरै पु¥याउनुपर्ने बाध्यता हटेको उहाको भनाइ छ ।

यसरी स्थानीय तहले एम्बुलेन्स सेवा दिदा कुनै जटिल बिरामी हुँदा तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हटेको पाटन नगरपालिका ९ का स्थानिय रामचन्द्र ऐरले जानकारी दिनुभयो ।