२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको खोडपेमा दमकलबाट खानेपानीको जोहो गरीदै

२०७५, १५ पुष आईतवार १०:४७

कृष्ण बिष्ट | पुस १५, बैतडी | पाटन नगरपालिका वाड नं  ८ अन्तरगको खोडपे  बजारमा  दमकल  द्धरा  पानीको जोहो  गर्नु पर्ने बाध्यता सिर्जना भएको  छ ।  विगत ५ दिन देखि खोडपे बजारमा खानेपानी योजना बन्द भएपछि नगरपालिकाको दमकलको माध्यमबाट खानेपानिको जोहो गरीन लागेको हो । 

२०७० सालमा निर्माण सम्पन्न भएको खोडपे खानेपानि योजना बन्द भएपछि नजिक खानेपानि मुहान नहुदा नगरपालिका सँगको पहलमा दमकलको माध्यमबाट खानेपानिको ब्यवस्था गरीन लागेको खोडेप बजार ब्यावस्थापन समितीका अध्यक्ष एबम सिद्धेस्वर खोडपे खानेपानी तथा सरसफइ उपभोक्ता समितीका अध्यक्ष हरीस बिष्टले बताउनुभयो ।

 नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्र खोडपे बजारमा खानेपानीको समस्या भएको खबर आएपछि पानी बोक्ने साधन  दमकल मात्रै भएको हुदा दमकलको माध्यमबाट खानेपानीको ब्यवस्था गरीएको नगरपालिकाका नगर प्रमुख केसव बहादुर चन्दले जानकारी दिनुभयो । बजारमा खानेपानिको  चरम समस्या हुदा २४ किलोमिटर टाढा सुर्नया नदीबाट पानिको ब्यावस्था गरीन लागेको हो । 

यस्तै मोटरमा समस्या आउन थालेपछि बजार क्षेत्रमा ११० जाना उपभोक्ताहरु खानेपानीबाट समस्या झेल्दै आएका छन । चिसोको समय भएकाले पाइप भित्र पानी जमेपछि मोटरले धान्न नसक्दा काम गर्न छोडेको प्रबिधिक महेन्द्र प्रजापतीले बताउनुभयो । खोडपे बजारमा २०७० सालमा डेड कि.मि. टाढा बाट लिफ्टीङको माध्यमबाट खानेपानी निर्माण कार्य सम्पन्न गरेको भएपनि खानेपानि योजनामा बेला बेला समस्या आउने गरेको छ । मोटरमा खराबी आएपछि खानेपनि समिति सँग भएका दुइ वटै मोटर मर्मतको लागि धनगडी पठाइएकाले मर्मत हुन एक हप्ता अझै लाग्ने  बजार ब्यावस्थापन समिती अध्यक्ष एबम सिद्धेस्वर खोडपे खानेपानी तथा सरसफइ उपभोक्ता समितीका अध्यक्ष हरीस बिष्टले बताउनुभयो । खानेपानी उपभोक्ता समितीलाई बेला बेला आर्थीक समस्या पनि हुने गरेको छ ।

उपभोक्ताहरुको घरघरमा खानेपानिको धारा जडान गरी मिटर जडान गरीएको र खानेपानी सुबिधा पुर्याए वाफत न्युनतम सुल्क ३ सय लिने गरेपनि उक्त रकमबाट ब्यावस्थापनमा समस्या आउने गरेको उहाको भनाइ छ । ३ जाना कर्मचारी को पारीश्रमीक २० हजार र बिद्युत महसुल १० हजार सम्म पर्ने गरेको हुदा आर्थीक समस्या हुने गरेको छ । 

खानेपनिमा आउने प्रबिधिक तथा आर्थीक समस्यालाई नगरपालिकाले समाधान गर्नुपर्नेमा यहाका ब्यावसायीहरुको माग छ । ब्यावसायी र सर्बसाधारणहरुमा खानेपानीको सहज बितरण गर्नको लागी नगरपालिकाले आर्थीक तथा प्राबिधिक सहयोग गर्नुपर्ने सिद्धेस्वर खोडपे खानेपानी उपभोक्ता समितीका सचिव मोहन सिह बिष्टले बताउनुभयो । जवाफमा नगर प्रमुख चन्दले उपभोक्ता समितीको मागमा आफु सकारात्मक रहेको  र नगरपालिका बाट  आफ्नो पुर्ण सहयोग हुने बताउनुभयो । 


तस्बीरमा: नगरपालिकाको दमकलबाट पानी भर्दै खोडपेका ब्यावसायी | तश्वीर: कृष्ण विष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी