2026-09-14 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीसहित सुदूरपश्चिममा ‘ठूलीरात’ मनाइँदै

पुष १५, बैतडी (रासस) | बैतडीसहित सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ‘ठूलीरात’ मानी राति मीठोमीठो खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन छ । 

पण्डित दयाकृष्ण पन्तका अनुसार भन्नुहुन्छ, “रातभरि कथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ ।” ‘पन्नरी रात’का रुपमा समेत मनाइने यस पर्वमा आज १५ किसिमका परिकार खाने गर्दछन् । 

तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेर भात खाने गरिन्छ । तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट आजै ‘कुन्क्यौलो’ (वनभोज) खाने गरिन्छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले यसबाट बच्न र शरीरसमेत फूर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेको तातो खानेकुरा खाने गरिएको पण्डित पन्त बताउनुहुन्छ । 

एक दिन भए पनि आज घर बाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ (वनभोज) जाने र मीठामीठा खानेकुरा खाने चलन रहिआएको छ । डिसेम्बर २२ तारिखलाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपालमा पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिन विस्तारै लम्बिदै जान्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले