२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्राथमिक स्वास्थ्य केन्द्र पाटनको एम्बुलेन्स सेवा नियमित सञ्चालन नहुँदा समस्या

२०७५, २२ पुष आईतवार ०९:४७

कृष्ण बिष्ट | पुस २०, बैतडी | बैतडीको पाटन नगरपलिका वडा नं ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा सञ्चालनमा रहेको एम्बुलेन्स नियमीत सुचारु हुन सकेको छैन । बेला बेला बिग्रने भएकाले र्ममतको लागि आर्थीक श्रोत नहुदा नियामित सुचारु हुन नसकेको हो  ।


एम्बुलेन्समा खराबी आउन थालेपछि मर्मतमा ढिलाइ हुदा नियमित सञ्चालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ । यसरी एम्बुलेन्स सेवा नियमित सञ्चालन नहुदा यहाका नागरीकहरुले समस्या भोग्दै आएका छन ।  कुनै गम्बीर प्रकृतप्ीका बिरामी भएकोबेला जिल्ला बाहिर अस्पताल लैजानु पर्दा निजि सवारी साधनमा चर्काे मुल्य तिर्नु पर्ने बाध्यता रहेको स्थानिय पाटन ६ का पुस्कर भण्डारीले बताउनुभयो  । 

एमबुलेन्समा बेला बेलामा खराबी आउदा मर्मत गर्न स्वास्थ्य सस्थासँग रकम अभाव भएको र नगरपालिका सँग आवस्यक रकमको माग गरेपनि सुनुवाई नहुदा नियमित सञ्चालन हुन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा. नबिन्द्र ढकालले बताउनुभयो । एम्बुलेन्सबाट मर्मत सम्भारका लागि आवस्यक रकम नपुग्दा नगरपालिका सँग आर्थीक सहयोगका लागि पत्र पठाएको उहाले बताउनुभयो । 

एम्बुलेन्समा बिरामी बोके भाफथ समान्य भाडा लिने गरेकोले त्यो भाडाको रकमले मर्मत सम्भारको लागि रकम नपुग्ने गरेको उहाको भनाइ छ । एम्बुलेन्स सञ्चालन समिति बैतडीले प्रती किलोमिटरमा ४० रुमैयाका दरले भाडा लिने ब्यावस्था गरेकाले पनि सो मापदण्डको आधारमा मर्मत सम्भार गर्न नसकिने अवस्था रहेको एम्बुलेन्स चालक भुवन भण्डारीले जानकारी दिनुभयो ।

 नगरपालिकालाई एम्बुलेनस सञ्चालनको जिम्मेवारी लिनुपर्यो भनि अनुरोध गरेको भएपनि कुनै सुनुवाइ नभएको डा. ढकालले बताउनुभयो । 

यता नगरपालिकाले आफ्नो नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा रहेको जानकारी गराएपनि आवस्यक पहल नगरीदिदा नियमीत एम्बुलेन्स सञ्चालनमा नआएको हो । नगर प्रमुख केसव बहादुर चन्दले भने प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एम्बुलेन्स  सेवा नगरपालिकाले जिम्मा लिइने बताउनुभएको छ । एम्बुलेन्स नगर बासीको सेवामा केन्द्रीत भएकाले आफुले सो कुरालाइ सकारात्मक लिएको उहाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी