2026-09-14 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका स्थानीय तहमा कर्मचारी अभाव, सचिव नहुँदा प्राविधिक सहायकको भरमा वडा कार्यालय

 पुस २४, बैतडी (रासस) | स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ । 
जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सचिवको अभावमा वडाले गर्नुपर्ने काममा बाधा पुगेको छ ।” 
आठ वडा रहेको सुर्नया गाउँपालिकाका तीन वडामा सचिव छैनन् । वडा नं १, ७ र ८ मा सचिव नहुँदा एक सचिवले दुई÷दुई वडामा काम गर्नुपरिरहेको छ । दुर्गम गाउँपालिकाको रुपमा रहेको सिगास गाउँपालिकाका सात वडा सचिवविहीन छन् । पाटन नगरपालिकाको वडा नं ७ र ८ मा सचिव छैनन् भने दशरथचन्द नगरपालिकाको वडा नं ६ र ११ मा सचिव छैनन् । 
यस्तै मेलौली नगरपालिकाका नौ वडामध्ये पाँचमा सचिव नभएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो । पञ्चेश्वर गाउँपालिकाका छ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । दश वडा रहेको पुर्चौँडी नगरपालिकामा एउटा वडाबाहेक अन्यमा सचिव छैनन् । दोगडाकेदार गाउँपालिकाका चार वडा सचिवविहीन छन् । कर्मचारी नहुँदा काम गर्न गाह्रो भएको सो गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । 
यसैगरी डिलाशैनी गाउँपालिकाका सात वडामध्ये चारमा सचिव छ्रनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकाका गरी ८४ वडा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले