Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु

By kit 1 मिनेट पढाइ

<p>माघ १, गुल्मी | गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिनुभएको छ ।&nbsp;<br></p><p>सोमबार राति नेपालीको गोठमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई गएराति नै उपचारका लागि पाल्पा लगिएको थियो । उपचार गर्दागर्दै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p>