2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा झुटा विवरण पेशगरी गैह्र पिडितले राहत बुझे ।

प्रज्वल पौडेल, भदौ १४, रामेछाप । सरकारले भुकम्प पिडितलाई दिएको परिचय पत्र
र अस्थायी आवास निर्माणका लागी दिइएको रकम गलत विवरण पेश गरी बुझ्नेहरु रामेछापमा निकै रहेको पाइएको छ ।
राजनीतिक दलका प्रतिनिधी र वडा संयोजकको मिलेमतोमा गैरपिडितलाई राहत रकम वितरण भएको गुनासो र उजुरीले
यस्तो देखाएको हो ।

जिल्लाका नगरपालिका तथा गाविसमा
गैह्रपिडितले राहत रकम लिएको भन्दै प्रशस्त उजुरी परेपछि जिल्ला प्रशासन कार्यलय रामेछापले भदौ १५ गते
भित्र झुटा विवरण पेश गरी लिएको राहत रकम फिर्ता गर्न आग्रह गरेको छ । रामेछाप जिल्लामा झुटा विवरण पेश
गरी रकम लिनेमा २ नगरपालिकासहित सैपु, भुजी, कुभुकास्थली, प्रिति, ठोसे, बाम्ती, गेलु, भिरपानी, बेताली,
देउराली, फूलासी, पकरबास, मझुवा, गागल भदौरे, खाँडादेवी, दिमीपोखरी, पिङ्खुरी, लखनपुर, हिमगंगा लगाएतका
गाविसबासी रहेको जिल्ला प्रशासन कार्यलयले उजुरीका आधारमा जनाएको छ । उजुरीको संख्या बढ्न थालेपछि
जिल्ला दैवीप्रकोप उद्धार समितिले आवश्यक छानवीन गर्न नगरपालीका र गाविसलाई पत्र पठाइसकेको छ

यता सैपु गाविसमा झुटा विवरण पेश गरी गैरपिडितले राहत लिएको
उजुरी जिल्ला प्रशासन कार्यलय रामेछाप र राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबारमा परेपनि स्थानीय राजनीतिक
दल र वडा संयोजकले गैह्रपिडितलाई रकम नदिएको दावी गर्दै जिल्ला प्रशासनमा निर्णय पठाएका छन् । केहीले
बर्षौ देखि छुट्टिएर बसेपनि राहत नपाएको र अधिकांश घर नभएका, विवाह नगरेका छोराहरु र गाविसमै
नबस्नेहरुले समेत छुट्टा छुट्टै घरधुरी कायम गरि राहत रकम लिएको स्थानीयले बताएका छन् । राजनैतिक दलले
आफ्ना कार्यकर्तालाई पहँुचका आधारमा राहत उपलब्ध गराएको स्थानीयको गुनासो छ । प्रशासनले छुट्टै छानविन
गरे उजुरीमा परेका नाम बाहेक अन्य व्यक्तिहरुले राज्यले बनाएको नीति नियमलाई मिचेर राहत रकम बुझेको
भेटिने उनीहरुको भनाई छ ।

राजनैतिक दलका प्रतिनिधीहरुले भने वडा
संयोजकमार्फत आएका विवरण आफहरुले सदर गरेको बताएका छन् । गाविसमा केहि व्यक्तिले झुटा विवरण पेश गरी
परिचयपत्र बनाउन आएको जानकारी पाएपनि दबाबका कारण रोक्न नसकेको स्वीकार गरेका छन् । सैपु गाविसमा भएको
वेथितिबारे प्रशासनमा २६ र राष्ट्रिय सतर्कता केन्द्रमा ९ जनाको नाममा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ