2026-09-13 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढीको प्रचार प्रसारको लागी मेला

माधव बेल्वास । फागुन १७, कपिलवस्तु । कपिलवस्तुको धरोहर ऐतिहासिक शिवगढी मन्दिरको प्रचार प्रसार प्रर्वद्धन गर्ने उद्देश्यका साथ महाशिवरात्री मेला विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । शिवगढी किल्लाको प्रचार प्रसार गर्ने उद्देश्यले धानखोला र रमुवादह गरी दुई ठाउमा मेला लाग्ने वताइएको छ । हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजक शिवगढी पर्यटन विकास संस्थाले जनाएको छ । 

जिल्लाको शिवराज नगरपालिका वाड नं ९ शिवगढीको चुचुरोमा अवस्थित शिवगढी मन्दिरमा महाशिवरात्रीको अवसरमा नेपाल र भारतका विभिन्न क्षेत्रका हज्जारौ हिन्दु श्रद्धालु भक्तजनहरु शिवलिङ्गको पुजा आरधाना गर्न आउने गरेका छन । समुद्र सहतबाट ९५४ मिटर उचाइमा रहेको शिवगढी मन्दिरमा परापूर्वकाल देखि नै महाशिवरात्री पर्वका दिन विशेष पुजाआजा हुने गरेको छ । सोही दिन कपिलवस्तु, रुपन्देही, दाङ्ग,नवलपरासी,प्यूठान जिल्ला र छिमेकी भारतको उत्तर प्रदेश,विहार लगायतबाट हजारौको संख्यामा दर्शन गर्न आउने गर्दछन  ।

मन्दिर क्षेत्रमा केहि महिना अघि प्रदेश सभा सदस्य अर्जुन केसी,पुरातत्व अधिकृत सहितको टोली सो मन्दिर क्षेत्रमा पुगेको थियो । तत्कालिन बौद्ध धर्मालम्बि दैलेखी राजा रिपु मल्लको पालामा बुद्ध जन्मस्थल लुम्बिनी आवतजावत गर्ने मार्ग समेत रहेकोले बौद्ध सर्किटको समेत सम्भावना रहेको प्रारम्भीक अनुमान गरिएको थियो ।

शिवगढी क्षेत्रमा शिवरात्रीको समयमा भक्तजनहरुको उल्लेखनीय सहभागी हुने भएकोले मेला आयोजना गरेको आयोजकको भनाई रहेको छ । धानखोला र वानियाभार प्रवेश द्धार रहेकोले उक्त स्थानहरुमा मेला आयोजना गरीएको हो ।

विविध ऐतिहासिक क्षेत्र शिवगढी धार्मिक दृष्टिले मात्रै नभइ पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण क्षेत्र रहेको वडा नं ९ शिवगढीका वडा अध्यक्ष चुर बहादुर खड्का जिवनले बताए । प्रचार प्रसारको अभावमा अझै पनि ओझेलमा नै रहेको मन्दिरको प्रचारका लागी कार्यक्रमको आयोजना गरिएको उनले बताए । रमुवादहमा बृहत साँस्कृतिक कार्यक्रम फागुन १८, १९ र २० गते सम्म हुने छ भने धानखोलामा १९ र २० गते हुने छ ।

शिवगढीको प्रचार संगै शिवगढी पर्यटकीय करिडोर निर्माणमा कार्यक्रमले टेवा पुग्ने वानियभारमा आयोजित मेलाका संयोजक माल बहादुर घर्तिमगरले वताए ।त्यस्तौ धानखोला कार्यक्रमका संयोजक दिनेश पुनले शिवगढी जिल्लाकै चिनारी रहेकोले प्रचार प्रसारगर्न आवश्यक रहेको वताए ।

कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारहरु सम्झना लामिछाने,राम चन्द्र चन्द, सन्दिप न्यौपाने, श्रीनिवास चौधरी,  दिपक भण्डारी, शिव खनाल, बर्षा लम्साल, मिसन भुसाल, मोडल तथा कोरियोग्राफर सुमन पौडेल, मोडल श्रृजन पोखरेल लगायतका कलाकारहरुको प्रस्तुती रहने के।सी।ले जनाए । साथै छमछमी कलाकेन्द्र र स्थानिय क्लबहरुको पनि प्रस्तुती रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले