2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा झुटा विवरण पेश गरी गैह्र पिडितले राहत बुझेको खुलासा

प्रज्वल पौडेल/भदौ १४, रामेछाप ।
सरकारले भुकम्प पिडितलाई दिएको परिचय पत्र र अस्थायी आवास
निर्माणका लागी दिइएको रकम गलत विवरण पेश गरी बुझ्नेहरु रामेछापमा निकै रहेको पाइएको छ ।

राजनीतिक दलका प्रतिनिधी र वडा संयोजकको मिलेमतोमा गैरपिडितलाई राहत रकम वितरण भएको गुनासो र
उजुरीले यस्तो देखाएको हो । जिल्लाका नगरपालिका तथा गाविसमा गैह्रपिडितले राहत रकम लिएको भन्दै प्रशस्त
उजुरी परेपछि जिल्ला प्रशासन कार्यलय रामेछापले भदौ १५ गते भित्र झुटा विवरण पेश गरी लिएको राहत रकम
फिर्ता गर्न आग्रह गरेको छ ।

रामेछाप जिल्लामा झुटा विवरण पेश गरी रकम लिनेमा २ नगरपालिकासहित
सैपु, भुजी, कुभुकास्थली, प्रिति, ठोसे, बाम्ती, गेलु, भिरपानी, बेताली, देउराली, फूलासी, पकरबास,
मझुवा, गागल भदौरे, खाँडादेवी, दिमीपोखरी, पिङ्खुरी, लखनपुर, हिमगंगा लगाएतका गाविसबासी रहेको जिल्ला
प्रशासन कार्यलयले उजुरीका आधारमा जनाएको छ । उजुरीको संख्या बढ्न थालेपछि जिल्ला दैवीप्रकोप उद्धार
समितिले आवश्यक छानवीन गर्न नगरपालीका र गाविसलाई पत्र पठाइसकेको छ ।

यता सैपु गाविसमा झुटा
विवरण पेश गरी गैरपिडितले राहत लिएको उजुरी जिल्ला प्रशासन कार्यलय रामेछाप र राष्ट्रिय सर्तकता केन्द्र
सिंहदरबारमा परेपनि स्थानीय राजनीतिक दल र वडा संयोजकले गैह्रपिडितलाई रकम नदिएको दावी गर्दै जिल्ला
प्रशासनमा निर्णय पठाएका छन् ।

केहीले बर्षौ देखि छुट्टिएर बसेपनि राहत नपाएको र अधिकांश घर
नभएका, विवाह नगरेका छोराहरु र गाविसमै नबस्नेहरुले समेत छुट्टा छुट्टै घरधुरी कायम गरि राहत रकम लिएको
स्थानीयले बताएका छन् ।

राजनैतिक दलले आफ्ना कार्यकर्तालाई पहँचका आधारमा राहत उपलब्ध गराएको
स्थानीयको गुनासो छ । प्रशासनले छुट्टै छानविन गरे उजुरीमा परेका नाम बाहेक अन्य व्यक्तिहरुले राज्यले
बनाएको नीति नियमलाई मिचेर राहत रकम बुझेको भेटिने उनीहरुको भनाई छ ।

राजनैतिक दलका
प्रतिनिधीहरुले भने वडा संयोजकमार्फत आएका विवरण आफहरुले सदर गरेको बताएका छन् । गाविसमा केहि व्यक्तिले
झुटा विवरण पेश गरी परिचयपत्र बनाउन आएको जानकारी पाएपनि दबाबका कारण रोक्न नसकेको स्वीकार गरेका छन् ।
सैपु गाविसमा भएको वेथितिबारे प्रशासनमा २६ र राष्ट्रिय सतर्कता केन्द्रमा ९ जनाको नाममा उजुरी परेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई