८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको फर्पुमा ट्याक्टर दुर्घटना हुँदा ३६ जना घाइते

३ आश्विन २०७२, आईतवार ०२:४९

प्रज्वल पौडेल, असोज-३, रामेछाप । रामेछापमा शुक्रबारको
दुखद घटना सेलाउन नपाउँदै फेरी शनिबार अर्को घट्ना घटेको छ । रामेछापको खिम्ति बजारबाट फर्पु गाविस
जाँदै गरेको ना ४ त ४०३२ नम्बरको ट्याक्टर फर्पु गाविस वडा नम्बर १ को सिस्नेरीमा दुर्घटना हुँदा त्यसमा
ट्क्याक्टरमा सवार ३८ जना मानिसहरु घाइते भएका छन् । ट्याक्टरले घरयासी प्रयोजनमा प्रयोग हुने जस्ता,
खाद्यान्नको सामान र कुखुराको दाना बोकेको थियो । शुक्रबार यात्रुबहाक बस दुर्घटनामा परी ज्यान
गुमाउनेका आफन्तले बस चल्न नदिएको र यात्रुबहाक बस नचलेपछि स्थानियहरु ट्याक्टरमा चढ्न बाध्य भएका थिए

घाइतेहरु सबैलाई उद्धार गरी सदरमुकाम मन्थलीमा तामाकोसी
सहकारी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ
। घाइते मध्ये ४ जनाको अबस्था गम्भिर रहेको र थप उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय
रामेछापका डि एस पी मोहन कुमार परियारले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार कच्ची र उकालो बाटोमा ट्याक्टरमा धेरै लोड भएको र ट्याक्टरको टेलर र इन्जिन
एक आपसमा छुट्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
शुक्रबार मात्रै रामेछापको मन्थली नगरपालिका ७ मा यात्रुबहाक बस दुर्घटनामा परी ८ जनाको ज्यान गएको थियो
भने ५० जना भन्दा बढी घाइते भएका थिए घाइते सबैको अहिले पनि उपचार भइरको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र