2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको फर्पुमा ट्याक्टर दुर्घटना हुँदा ३६ जना घाइते

September 20, 2015

प्रज्वल पौडेल, असोज-३, रामेछाप । रामेछापमा शुक्रबारको
दुखद घटना सेलाउन नपाउँदै फेरी शनिबार अर्को घट्ना घटेको छ । रामेछापको खिम्ति बजारबाट फर्पु गाविस
जाँदै गरेको ना ४ त ४०३२ नम्बरको ट्याक्टर फर्पु गाविस वडा नम्बर १ को सिस्नेरीमा दुर्घटना हुँदा त्यसमा
ट्क्याक्टरमा सवार ३८ जना मानिसहरु घाइते भएका छन् । ट्याक्टरले घरयासी प्रयोजनमा प्रयोग हुने जस्ता,
खाद्यान्नको सामान र कुखुराको दाना बोकेको थियो । शुक्रबार यात्रुबहाक बस दुर्घटनामा परी ज्यान
गुमाउनेका आफन्तले बस चल्न नदिएको र यात्रुबहाक बस नचलेपछि स्थानियहरु ट्याक्टरमा चढ्न बाध्य भएका थिए

घाइतेहरु सबैलाई उद्धार गरी सदरमुकाम मन्थलीमा तामाकोसी
सहकारी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ
। घाइते मध्ये ४ जनाको अबस्था गम्भिर रहेको र थप उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय
रामेछापका डि एस पी मोहन कुमार परियारले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार कच्ची र उकालो बाटोमा ट्याक्टरमा धेरै लोड भएको र ट्याक्टरको टेलर र इन्जिन
एक आपसमा छुट्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
शुक्रबार मात्रै रामेछापको मन्थली नगरपालिका ७ मा यात्रुबहाक बस दुर्घटनामा परी ८ जनाको ज्यान गएको थियो
भने ५० जना भन्दा बढी घाइते भएका थिए घाइते सबैको अहिले पनि उपचार भइरको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक