2026-08-29 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम महोत्सवको तयारी अन्तिम चरणमा

पूर्णबहादुर खड्का, चैत्र १२, अछाम । कृषि, औधोगिक, संस्कृती, पर्यटन विकास र स्थानिय उत्पादनको प्रवद्र्धन भन्ने नाराका साथ सुरु हुने अछाम महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि चैत्र १५ गते देखी २२ गते सम्म मंगलसेन स्थित मालिका रंगशालामा संचालन हुने अछाम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

महोत्सवका लागि आवश्यक पर्ने स्वागतद्धारा निर्माण, स्टल व्यावस्थापन, रमाईलो मेला, खेलकुद तथा आर्कषकका साम्रागी लगायतको व्यावस्थापन भईसकेकाले तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितीका संयोजक एवंम नेपाल घरेलु तथा साना उद्योग महासंघ अछामका अध्यक्ष बमबहादुर रावलले बताउनु भयो ।  

नेपाल घरेलु तथा साना उद्योग महासंघ, अछामको आयोजनामा हुन गईरहेको महोत्सवको अछाम क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य यज्ञ बोगटीले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक रावलले जानकारी दिनुभयो ।

संयोजक रावलका अनुसार कृषि, औधोगिक, संस्कृती, पर्यटन विकास र स्थानिय उत्पादनको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव संचालन गर्न लागिएको हो ।

महोत्सवमा अछामसंगै सुदुरपश्चिमको लोक संस्कृती झल्काउने प्रर्दशनी, पर्यटन प्रर्वद्धनका लागि अछाम स्थित विभिन्न पर्यटकिय स्थलहरुका फोटो प्रर्दशनी, अछाममा उत्पादति स्थानिय उत्पादलको प्रदर्शनी, व्यावसायिक उद्यमशिल्ताका सामाग्री समेत स्टलमा प्रदशनी गरिने कार्यक्रम रहेको छ ।

महोत्सवमा मुख्य आर्कषकका रुपमा नेपालका ख्याती प्राप्त कलाकार, हास्यकलाकार लगायतको उपस्थिती रहने मुल आयोजक समितीका कोषाध्यक्ष ईश्वर रावलले बताउनु भयो । कोषाध्यक्ष रावलका अनुसार महोत्सवमा राष्टिय कलाकारसंगै दोश्रो नेपाल आईडल रवि ओडको पनि बिशेष प्रस्तुती रहनेछ ।

महोत्सव उद्घाटन कार्यक्रममा अछामका स्थानिय होरी, देउडा, पुतला, सरु, पञ्चेबाजा, न्याउले लगायतका झलकहरु पनि प्रर्दशन गर्ने संयोजक रावलको भनाई छ । बिद्यार्थीका लागि रु. ४० र अन्यका लागि रु. ५० को टिकटको व्यावस्था गरिएको महोत्सवमा हरेक दिन स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो