Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ट्रान्सफर्मर चोरी गर्ने गिरोह सक्रिय, दुई सातामा चार ट्रान्सफर्मर चोरी

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे | चैत १४, कपिलवस्तु (चन्द्रौटा) | विद्युत् विस्तार भएसँगै कपिलवस्तुमा ट्रान्सफर्मर चोरी बढेको छ । रातको समयमा ट्रान्सफर्मरभित्रको तामाको तार झिक्न गिरोह नै सक्रिय रहेको नेपाल विद्युत् प्राधिकरण, कृष्णनगर वितरण केन्द्रले जानकारी दिएको छ ।

फागुन १५ मा बहादुरगंजमा सिंचाइ आयोजनाको ५० केभिएको, फागुन १७ मा सफरमा सिंचाइ आयोजनाको २५ केभिएको ट्रान्सफर्मर चोरी भएका थियो । यस्तै, चैत २ गते दयानगर स्थित जय अम्बे रोडा उद्योगबाट समेत ४०० केभिए ट्रासर्फमर चार्ने प्रयास गरेको भएपनि असफल भएको वताइएको छ । चैत ५ मा सौनहवामा १०० केभिएको  ट्रान्सफर्मर चोरीको वताइएको छ । सौनहवामा भएको चोरीकोे एक साता नबित्दै चैत १४ गते विजयनगर गाउँपालिका–५ पिपरीमा १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कार्यालय प्रमुख अगंन्जाले जानकारी दिए । करिव २५ लाख वढीको ट्रासफर्मर चोरी भएको उनले जनाए ।

गिरोहले २ हप्ताको समयमा चारओटा ट्रान्सफर्मर चोरे’ केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंन्जाले भने ट्रान्सर्फमर चोरी गर्ने गिरोह नै छ कसरी सुरक्षीत राखौ नागरिकले रेखदेख गर्नु पर्ने ट्रान्सर्फमर नै चोरी भएपछि ।

गिरोहले ट्रान्सफर्मरमा जडित विद्युत्का क्वायल काट्ने र तामा झिक्ने गरेको उनले जानकारी दिए । चोरी भएका ठाउँका ट्रान्सफर्मर भुइँमा झारेर तामा झिकेर लगेको अवस्थामा भेटिएका छन । सुरक्षाका लागि प्रहरी सक्रियता बढाउन अनुरोध गरेको अगंन्जाले वताए । ट्रान्सफर्मरभित्र रहने तेल र तामाको तार महँगोमा बिक्री हुने भएकाले चोरी बढेको हुन सक्ने अनुमान गरिएको छ। ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ आयोजनामा सिंचाइ रोकिएको छ। सौनहवामा ट्रान्सफर्मर चोरी भएयता त्यहाका ७० बढी घर परिवार अन्धकारमा बाध्य छन् । विहिवार पिपरीमा भएको चोरीले विजयनगर गाउँपालिकाको कामकाजमा समेत प्रभावित भएको छ ।

ट्रान्सफर चोरी गर्ने गरोह रहेकोले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक नविन पौडेलले वताए । केहि व्यक्ति संकाको घेरमा रहेकोले अनुसन्धान भइरहेको र छिटै कानुनि कारवार्हीमा ल्याउने उनले वताए ।