2026-10-31 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ट्रान्सफर्मर चोरी गर्ने गिरोह सक्रिय, दुई सातामा चार ट्रान्सफर्मर चोरी

माधव बेल्वासे | चैत १४, कपिलवस्तु (चन्द्रौटा) | विद्युत् विस्तार भएसँगै कपिलवस्तुमा ट्रान्सफर्मर चोरी बढेको छ । रातको समयमा ट्रान्सफर्मरभित्रको तामाको तार झिक्न गिरोह नै सक्रिय रहेको नेपाल विद्युत् प्राधिकरण, कृष्णनगर वितरण केन्द्रले जानकारी दिएको छ ।

फागुन १५ मा बहादुरगंजमा सिंचाइ आयोजनाको ५० केभिएको, फागुन १७ मा सफरमा सिंचाइ आयोजनाको २५ केभिएको ट्रान्सफर्मर चोरी भएका थियो । यस्तै, चैत २ गते दयानगर स्थित जय अम्बे रोडा उद्योगबाट समेत ४०० केभिए ट्रासर्फमर चार्ने प्रयास गरेको भएपनि असफल भएको वताइएको छ । चैत ५ मा सौनहवामा १०० केभिएको  ट्रान्सफर्मर चोरीको वताइएको छ । सौनहवामा भएको चोरीकोे एक साता नबित्दै चैत १४ गते विजयनगर गाउँपालिका–५ पिपरीमा १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कार्यालय प्रमुख अगंन्जाले जानकारी दिए । करिव २५ लाख वढीको ट्रासफर्मर चोरी भएको उनले जनाए ।

गिरोहले २ हप्ताको समयमा चारओटा ट्रान्सफर्मर चोरे’ केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंन्जाले भने ट्रान्सर्फमर चोरी गर्ने गिरोह नै छ कसरी सुरक्षीत राखौ नागरिकले रेखदेख गर्नु पर्ने ट्रान्सर्फमर नै चोरी भएपछि ।

गिरोहले ट्रान्सफर्मरमा जडित विद्युत्का क्वायल काट्ने र तामा झिक्ने गरेको उनले जानकारी दिए । चोरी भएका ठाउँका ट्रान्सफर्मर भुइँमा झारेर तामा झिकेर लगेको अवस्थामा भेटिएका छन । सुरक्षाका लागि प्रहरी सक्रियता बढाउन अनुरोध गरेको अगंन्जाले वताए । ट्रान्सफर्मरभित्र रहने तेल र तामाको तार महँगोमा बिक्री हुने भएकाले चोरी बढेको हुन सक्ने अनुमान गरिएको छ। ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ आयोजनामा सिंचाइ रोकिएको छ। सौनहवामा ट्रान्सफर्मर चोरी भएयता त्यहाका ७० बढी घर परिवार अन्धकारमा बाध्य छन् । विहिवार पिपरीमा भएको चोरीले विजयनगर गाउँपालिकाको कामकाजमा समेत प्रभावित भएको छ । 

ट्रान्सफर चोरी गर्ने गरोह रहेकोले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक नविन पौडेलले वताए । केहि व्यक्ति संकाको घेरमा रहेकोले अनुसन्धान भइरहेको र छिटै कानुनि कारवार्हीमा ल्याउने उनले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह