2026-09-13 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्छ: सांसद केसी

माधव बेल्वासे | चैत्र २०, कपिलवस्तु | प्रदेश न ५ का सांसद अर्जुन कुमार केसीले सहकारीको लगानी उत्पादमुलक क्षेत्रमा हुनुपर्ने वताएका छन । वचत र ऋणको कारोवार मात्र नगरी सहकारीहरुले नागरिकालाई आत्मनिर्भर बनाउन विभिन्न क्षेत्रमा लगानी लगाउन आग्रह गरे ।

कपिलवस्तुको चन्द्रौटामा आयोजित ६२ औ राष्ट्रिय सहकारी  दिवशको अवशरमा शन्ति पद यात्रा पश्चात भएको कार्यक्रमलाई सम्वोधन गर्दै केसीले यस्तो वताएका हुन । सहकारीहरुले राष्ट्रलाई समृद्ध बनाउन सक्ने भन्दै रोजगारीको सिर्जना पनि सहकारी वाटै हुने दावी गरे । उनले भने –“सहकारीले सामान्य ऋण वढेर होइन एक ठाउ लगानी गरौ जसवाट उत्पादन होस, रोजगारीको सिर्जना होस र देशको पुजि निमार्णमा साहायता होस” ।

वारा र पर्सामा प्रकृतिक प्रकोप वाट ज्यान गुमाएका प्रति श्रदान्जली व्यक्त गर्दै सहकारी संजालले सहयोग उठाएर राहत प्रदान गर्ने तयारी गरेकोमा धन्यवाद दिए । 

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नक्कली सहकारीलाई बन्द गराउनुपर्ने वताए । सहकारीमा नाममा केहि सहकारीहरुले गैरकानुनी काम गरेको हुनाले त्यस्ता सहकारी लाई यस ठाउमा राख्न आवश्यक नरहेको वताए । शिवराज नगरपालिकामा करिव ३० वढी सहकारीहरु सकृय रुपमा काम गरिरहेकोले सहकारीको कामलाई नगरपालिकाले मुल्याङकन गर्नेै वताए । गाउँ गाउँ वाट थोरै रकम संकलन गरेर ठुलो पुजि बनाई रोजगारी मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । कृषिलाई प्रथमिकता दिएरमा सहकारीले नगरपालिकालाई समृद्ध बनाउ सक्ने जिकिर गरे ।

त्यस्तै सहकारी दिवशको अवशरमा शिवराज सहकारी सञ्जालले  विपतका लागी सहकारी भन्ने नारा सहित सहयोग संकलन गरेको छ । वुधवार चन्द्रौटा शसस्त्र चोकवाट सुरु भएको सहयोग अभियान वाट ९४ हजार ३ सय ५७ रकम संकलन भएको सञ्जालका अध्यक्ष दमन भाटले वताए । संकलन भएको रकम पिडित सम्म पुर्याउने भाटले जनाए ।

कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रिय सदस्य वसन्त अर्याल,राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापती विष्णु खतिवडा, वडा अध्यक्षहरु,नगर भित्र रहेका सहकारीका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन