2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गाविस स्तरीय अभिमुखीकरण सम्पन्न

असोज १६, रामेछाप । स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाको गाविस
स्तरीय अभिमुखीकरण गत सात जिल्लाका नौ गाविसहरुमा सम्पन्न भएका छन् ।

असल शासन क्लव जिल्ला समन्वय समिति रामेछाप कार्यान्वय साझेदार रहेको परियोजनाको विषयमा
गाविसका सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले अभिमुखीकरणको आयोजना गरिएको थियो ।

गाविस सचिवहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजना संचालनको लक्ष्य,
उदेश्य, संचालन गर्ने गतिविधिहरु लगाएत तथा हालसम्म गाविसले गरेको स्थानीय निकाय स्रोत परिचालन तथा
ब्यवस्थापन कार्यविधि, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण कार्यविधिहरुको पालनाको अवस्थाको वारेमा
जानकारी गारइएको थियो ।

कार्यक्रममा गाविसका राजनैतिक दलका
प्रतिनिधिहरु, वडा नागरिक मञ्चका संयोजकहरु, नागरिक सचेतना केन्द्रका प्रतिनिधिहरुका साथै महिला, दलित,
जनजाति वर्गको प्रतिनिधिहरु र विषयगत कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

जिल्लाका पकरवास, नागदह, तिल्पुङ्ग, खिम्ती, गागलभदौरे, माकादुम, खाँडादेवी,
गेलु र पुरानागाउँ गाविसहरुमा आयोजना गरिएको गाविस स्तरीय सो परियोजना अभिमुखीकरणको परियोजनाका जिल्ला
संयोजक उमङ्ग मैनाली, फिल्ड सुशासन अधिकृतहरु तिलक बहादुर कार्की, कल्पना तामाङ्ग र कमल बसेललले सहजीकरण
गर्नु भएको थियो ।

परियोजनाले जिल्लाभरका सबै गाविस तथा
नगरपालिकाहरुको नागरिक सचेतना केन्द्र तथा वडा नागरिक मञ्चमा केन्द्रीत भई माग पक्षको क्षमता बृद्धिको
लागि विभिन्न गतिविधिहरु संचालन गर्नुका साथै गाविस तथा जिल्ला तहमा सामाजिक जवाफदेहिताका औजारहरु
सामुदायिक अंकपत्र, नागरिक प्रतिवेदन पत्र, स्थानीय खर्चको सोधखोज तथा पालना अनुगमन जस्ता कार्यक्रमहरु
संचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई