2026-10-27 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तुमा बनाउन प्रयास

चैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्रमुख उपप्रमुखसहितको छलफलमा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रदेश राजधानीका लागि रुपन्देही र दाङबीच लामो समयदेखि विवाद हुँदै आएको छ । 

नगर प्रमुखहरु शिवराज नगरपालिकाका नेत्रराज अधिकारी, वाणगङ्गाका मङ्गलप्रसाद थारु र बुद्धभूमिका  केशवकुमार श्रेष्ठले प्रदेशका भौतिक संरचना बनाउन कपिलवस्तुमा पर्याप्त जग्गा भएको बताउँदै आफूहरु ‘प्रदेश राजधानी’लाई जग्गा दिन आतुर  रहेको स्पष्ट पारे । छलफल कार्यक्रममा शिवराजका प्रमुख अधिकारीले चन्द्रौटा वन कार्यलयको पश्चिममा कुनै रुखविरुवा नभएको राजमार्गको उत्तरपट्टिको २५० देखि ३०० बिघा जमीन रहेको र त्यहाँ प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय र विभागसहितका उद्यान  आदि बनाउन पर्याप्त हुने बताए । 

वाणगङ्गा प्रमुख थारुले मधुवन धाममा रहेको १५० देखि २०० बिघा जग्गा अहिल्यै दिन सकिने स्पष्ट पार्दै वाणगङ्गा नदी उकासको जग्गा अधिग्रहण गर्ने हो भने तीन हजार बिघा बढी जग्गा सहजै उपलब्ध हुने बताए ।  बुद्धभूमिका प्रमुख श्रेष्ठले नेपाल सरकारले बुद्धभूमि नगरपालिकाका लागि बुडढीस्थित राजमार्ग चौराहाको हनुमान चोक आसपासमा उपलब्ध गराएको  करीब एक हजार बिघा  जमीन प्रदेश राजधानीले लिँदा आफूहरुलाई स्वीकार्य हुने बताए ।

त्यस्तै महाराजगञ्जका प्रमुख अब्दुल कलामले राजधानी राजमार्गमा रहँदा सबैलाई पायक पर्ने भएकाले तीन नगरपालिकाअन्तर्गत जहाँ उपयुक्त हुन्छ त्यहीँ राख्न प्रदेशसभालाई अनुरोध गरे । छलफलमा सहभागी कपिलवस्तु नगरपालिकाका कावा प्रमुख लक्ष्मी गुप्ता कसौधनले प्राचीन कपिलवस्तुको तिलौराकोट कपिलवस्तु जिल्लामा नै रहेकाले त्यहीँ नै राजधानी हुनुपर्ने तर्क गर्दै तौलिहवा आसपासमा पर्याप्त जमीनको अभााव रहेकाले राजमार्ग आसपासमा राख्नुपर्ने विचार राखे ।

त्यस्तै वाणगङ्गाका उपप्रमुख चक्रपाणि अर्यालले कपिलवस्तुका सबै स्थानीय तहवाट जे जस्तो स्रोतसाधन आवश्यक हुन्छ त्यो उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । यसरी विभिन्न स्थानीय तहका प्रमुखबाट स्थायी राजधानीका लागि ठूलो परिमाणमा जग्गा उपलब्ध गराइने प्रतिबद्धतासँगै आगामी वैशाख ४ गते बृहत् छलफल आयोजना गर्ने निर्णय भएको  राजधानी अभियानका सचिव गीता अञ्जानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला